–बालकुमार श्रेष्ठ
मानव इतिहासमै अहिलेसम्मकै धेरै देशलाई एकैपटक चपेटामा पार्ने कोभिड १९ भाईरसको महामारी विश्वमा गत ३ महिनादेखि फैलिरहेको छ । २०७७ बैशाख २९ गते साँझसम्म विश्वमा ४२ लाख भन्दा बढी मानिसहरू यो रोगबाट संक्रमित भएका छन् भने २ लाख ८४ हजारभन्दा बढी मानिसको कोभिड १९ कै संक्रमणका कारण ज्यान गइसकेको छ । नेपालमा हेर्ने हो भने सोमबार साँझसम्ममा १३४ जना संक्रमित भएका छन् । नेपालमा २०७६ चैत्र ११ गतेबाट लकडाउन भएपछि यो रोगको महामारीमा केही हदसम्म नियन्त्रण गर्न सफलता मिलेको मान्न सकिन्छ ।
तर गतबर्ष चैत ६ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई परीक्षा) अर्को सुचना नआएसम्मको लागि स्थगित छ । त्यस्तै कक्षा ११, १२ र विश्वविद्यालय स्तरीय परीक्षाहरू पनि रोकिएका छन् । क्याम्पस र विद्यालय तहको पठनपाठन ठप्प छ भने कतिपय स्कुल कलेजले अनलाईन शिक्षणको परीक्षण अभ्यास शुरू गरेका छन् । तर यसले गर्दा मकवानपुरका सबै विद्यालयहरूले अनलाइन र सामाजिक सञ्जालका माध्यमबाट वार्षिक परीक्षाको नतिजा प्रकाशन पनि गरिसकेका छन् । विगतका बर्षहरूमा बैशाख महिनाको शुरूको हप्ता भर्ना अभियान र त्यसपछि पठनपाठन प्रक्रिया शुरू गरिन्थ्यो भने अब यो बर्ष त्यो क्रम रोकिएको छ । टेलिफोनमार्फत भर्ना गर्ने र दुरशिक्षा माध्यमबाट प्रविधिको प्रयोग गरि केही पाठ्यक्रममाका कुरालाई सिकाउने क्रम सकै विद्यालयले गर्ने र कुनै विद्यालयले शुरू गरिसकेको बताएका छन् ।
यो एक हिसाबले राम्रो पनि हो, तर यसमा सहभागिता गराउनलाई स्थानीय तहले एकनाशको मोडेल सार्वजनिक गर्नुपर्ने हो, जुन संघिय मन्त्रालय र प्रदेश मन्त्रालयको स्पष्ट योजना, निर्देशन र बजेट सहयोगबाट सम्भव हुन्छ । आज विनातयारी गर्दा त्यसले विद्यार्थी र अभिभावकलाई अन्यौलता थपेको छ । अन्यौलता थप्नु स्वभाविक हो भने अन्यौलता थप्छ भनेर सामुदायिक र संस्थागत विद्यालयहरूका शिक्षक तथा शिक्षा प्रशासनले हात बाँधेर बस्ने अवस्था पनि छैन । शिक्षा मन्त्रालयले शैक्षिक बर्ष खप्टिन नहुने सुचना बैशाख २१ गते गर्यो तर बैशाख २२ गते फेरि अर्को सुचना नआएसम्म भर्ना रोक्नु, कुनै अनलाईनको माध्यमबाट भर्ना र पढाई पनि नगर्नु भन्ने निर्णय गर्यो । यसबाट शिक्षक, विद्यार्थी र अभिभावकमा झन अन्यौलता थपियो । सबै संस्थागत र निजी विद्यालयले आफुले कक्षाकोठामा प्रस्तुत गर्दै आएका मल्टिमेडिया सामग्रीको प्रयोग अनलाइनबाट कसरी गर्ने र कसरी यो नयाँ प्रयोगलाई प्रभावकारी ढंगले भर्चुअल कक्षा बनाउने भन्ने प्रशिक्षणलाई घनिभूत बनाएका छन् । अब पनि लकडाउन थपिरहेमा कसरी शिक्षा क्षेत्रको व्यवस्थापन गर्न सकिन्छ ? त्यसै सन्दर्भमा यहाँ सामान्य चर्चा गरिएको छ ।
स्थानीय तह स्तरीय तयारी– प्रत्येक स्थानीय तहले लकडाउनमा घर बसिरहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई दिनको २ घण्टा जति विहान अनलाइनबाट तालिम लिन प्रोत्साहन गर्ने, उक्त तालिममा भर्चुअल कक्षाबाट श्रव्यदृश्य सामग्री सहित शिक्षण अभ्यास गराउने, अफलाईन शैक्षिक सामग्री प्याकेज बनाउन पनि सिकाउने । यस्तो तालिम सबै शिक्षकलाई लिन अनिवार्य गर्ने नीति तथा योजना पालिकाहरूले बनाउने । त्यसपछि विहान त्यो तालिम लिएपछि दिउँसो ती शिक्षक जुन टोलमा वस्छन्, त्यस टोलका विद्यालय तहमा पढ्ने बालबालिका भएका घरहरूका अभिभावकलाई घरघरमा गएर स्मार्ट फोन भएका घरमा भर्चुअल कक्षामा सहभागी हुन कुन कुन एप लुज फर्म्याट कसरी चलाउने ? कहिलेबाट विज्ञहरूले कक्षा लिन्छन् ? नबुझेको कुरामा कसरी पालो लिएर सोध्ने ? आदि डिजिटल डिभाइस सिकाउन एक हप्ताको समय दिने । टोल विकास संस्थामा कुनैमा एक शिक्षक, कुनैमा एकभन्दा बढी र कुनैमा हुँदै नभएको अवस्था हुनसक्छ यस्तोमा शिक्षा विकास महाशाखाका कर्मचारी र वडा शिक्षा समितिले वडा टोलविकास समन्वय समितिसँग सहकार्य गरि शिक्षकलाई आफ्नो घर नजिकको टोलमा विभाजन गरी जिम्मा दिन सकिन्छ ।
त्यसपछि सात दिनको तालिमपछि विषय विज्ञ शिक्षकहरूलाई नेपाली माध्यम र अंग्रेजी माध्यमका गरी एकै समयमा दुईवटा लिंकबाट एउटै पाठ्यक्रम ४० मिनेट सामाजिक, ४० मिनेट अंग्रेजी, ४० मिनेट गणित, ४० मिनेट विज्ञान गर्दै ८ घण्टी नै एकहप्ता दोहोरो अन्तर्क्रियात्मक कक्षा गुगल मिटबाट ३०० नेपाली माध्यममा र ३०० अंग्रेजी माध्यमबाट भर्चुअल शिक्षण गर्ने । त्यसरी शिक्षणमा छात्रछात्रा सहभागिता गराउँदा संख्याको आधारमा लैंगिक समानता गराउने, त्यस्तै १५० जना सामुदायिक र १५० जना संस्थागत विद्यालयका विद्यार्थी सहभागी गराउने र क्षमताको हिसाबले पनि १०० जना उत्तम, १०० जना मध्यम र १०० जना न्युन उपलब्धि भएका (२०७६को बार्षिक नतिजालाई आधार मानि) विद्यार्थीहरू समावेश गराउने । अनि अनलाइन भर्चुअल कक्षा भइरहेको समयमा उनिहरू सहभागी भएका छन् कि छैनन् टोल टोलमा खटिएका शिक्षकलाई विद्यार्थीको अभिभावकलाई सम्पर्क गर्न लगाउने र शिक्षकले सम्पर्क गरेनगरेको अनुगमन गर्ने । एक हप्ताको परिक्षण कक्षापछि सहभागीहरूलाई अन्तर्क्रिया गर्ने उक्त अन्तर्क्रियालाई स्थानीय टेलिभिजनबाट पनि संगसंगै प्रशारण गर्ने । विज्ञ आईसिटी सिप भएका शिक्षक र सञ्चार सिप भएका व्यक्तिहरूको सहयोग लिन कार्ययोजना बनाएर नै स्थानीय तहले परिक्षण गर्नुपर्छ ।
त्यसपछि त्यसमा रहेका कमीकमजोरीलाई सबैले प्रविधि सञ्चालन गर्न अभाव वा सिपको अभाव भएकाहरूलाई एउटै टोलका ४० जना विद्यार्थी (जुन विद्यालय पढ्ने भएपनि) एक ठाउँमा जम्मा भएर सामाजिक दुरी कायम गरि हेर्न सकिने वाईफाई जोडिएको एउटा एउटा स्मार्ट टिभिको व्यवस्थापन गर्ने र त्यहाँ प्रत्यक्ष भर्चुअल कक्षा हेर्न मिल्ने व्यवस्था मिलाउन सकिन्छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















