अखण्ड राष्ट्रवादको तुरूप फ्याँकेर सत्तारोहणको सुबिधा पाएका केपी ओलिले अनायास अर्को नयाँ राष्ट्रको तीखो ढुंगा पल्टाई दिएर सम्पुर्ण देश राष्ट्रवादको तापले फेरि एकपटक तरंगित पारिदिएका छन् ।
ओलिलाई भलिभाँती थाहा छ, राष्ट्रवाद कसरी आफ्नो हुन्छ। कसरी आफ्नो वरिपरि घुम्छ । राष्ट्रवादको रापले नेपाली समाजलाई कसरी उद्वेलित बनाउँछ । यस्ले कसरी संंकटमोचनको काम गर्छ । उनलाई यो पनि थाहा छ कि राष्ट्रवाद लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पुगेर कसरी अल्मलिन्छ । अनि त्यही अलमलिएको राष्ट्रवादले कसरी आफ्नो बिरुद्ध लागेका आफ्नै पार्टीका नेताहरुलाई तह लगाउँछ । एमसीसी परियोजना पास गराउँछ। देशमा कोरोना माहामारी नियन्त्रणको लागि सरकारी असक्षमतालाई सहजै मत्थर तुल्याउछ । र, अन्ततः शासन सत्ता फेरि दिलाउन मद्दत गर्छ ।
केपी ओलि मात्र यस सन्दर्भमा अपवाद होइनन् । राजनैतिक दलका सबै जसो पात्रहरु ( देउवा, प्रचण्ड, बाबुराम, कमल थापा लगायत अन्य सबै) यहि चाहन्छ्न् कि आफु र आफ्नो दल राष्ट्रवादको पर्याय बनोस् र यस्को सहज सोपानले शासन सत्तामा सदैव आफुलाई उकाल्न मद्धत गरिरहोस् ।
हाम्रो रास्ट्रवादको परिभाषा सधैं यसरी अनौठो भै दिएको छ। आ–आफ्नो फाईदा र सुबिधा अनुरुप विभिन्न समयमा यस्को फरकफरक ब्याख्या भै रह्यो । गरिव, मजदुर र किसानहरुको भोक । युवाहरुको रोजगारी, आम–जनताका लागि शुलभ शिक्षा तथा स्वस्थ्य प्रणालीको उचित प्रवन्ध, कहिले पनि हाम्रो राष्ट्रवादको परिभाषा र प्राथमिकताभित्र अट्न सकेन ।
स्वतन्त्र न्याय प्रणाली र जन अधिकारको सुनिश्चितता, राज्य संयन्त्रहरुको स्वतन्त्र परिचालन, सुशासन र भ्रस्टाचारको नियन्त्रण, जनपिडाको समअनुभुति, उनीहरुको चिन्ता र उनीहरुप्रतिको माया कहिल्यै कसैको रास्ट्रवादको प्राथमिकता र परिभाषा भित्र पर्न सकेन । हाम्रो राष्ट्रबाद देशका जनता प्रतिको माया कहिल्यै हुन सकेन । यो फगत सत्ता र शक्ति प्राप्तिको नारा भई दियो । अनि त्यसैको वरिपरि घुम्ने ठुलो भिड बनिदियो । यहि सत्ता र ब्यक्ति केन्द्रित राष्ट्रवादको निरन्तरताले आम नेपालीको मन भित्र रहेको लोकतान्त्रिकताको चरणबद्ध रूपमा हत्या गरिदिई सकेको छ ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...