- विजया श्रेष्ठ केसी
ऐतिहासिक पाटन शहरबाट लगगभ ५ किलोमिटर टाढा रहेको खाकना र बुङ्मती गाउँबारे सबैलाई थाहा छ । नेपालको सायद सबैभन्दा पुरानो बस्ती अर्था १७–१८ सय बर्षको इतिहास बकेको यो गाउँ हामी नेपालीको संस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरको सजिव नमूना हो । जसलाई अंग्रेजीमा ‘लिभिङ म्युजियम अफ आवर कल्चर’ पनि भन्ने गरिन्छ ।
विश्वको लामो जात्राको रुपमा चिनिने रातो मछिन्द्रनाथ, कार्यविनायक, मनकामना मन्दिर, इन्द्रायणी मन्दिर, नेपालको पहिरो बौद्धविहार आदी यहाँका पहिचान हुन् । बुङ्मतीले नेपालमा गणतन्त्त घोषणा हुनुभन्दा पहिलाको गगातान्त्रिक गाउँ हो भनेर आफुलाई प्रस्तुत गरेको छ, राजतन्त्रको बेला त्यहाँ राजा जाँदैनथे । मौलिकता र संस्कृतिलाई बचाउँदै आफ्नो मौलिक पहिचानलाई संरक्षण गर्दै यहाँका जनताहरु विकासको पथमा लम्किरहेका छन् । त्यसैले यहाँका जनता विकास विरोधी कदापी हुन सक्दैनन्, विकास विरोधी होइनन् ।
आज यी गाउँ अस्तव्यस्त अवस्थामा छन् । शान्तिप्रिय सोझासाझा यहाँका बासिन्दाहरु आफ्नो अस्तित्व र पुर्खाले बनाएको इतिहास जोगाउँदै विकासमा सरकारसंग तनमन र धनले सहयोग गर्दै हातेमालो गर्न चाहन्छन् । वार्ताको टेबलमा आफुलाई राख्न चाहन्छन्, वार्ताबाटै समस्याको समाधान होस् भन्ने चाहन्छन् । तर अहिले सरकारले यिनिहरुलाई आन्दोलनमा उत्रन बाध्य पारेको अवस्था छ ।
राष्ट्रिय गौरबको काठमाडौं तराई मधेश दु्रत मार्ग, बाहिरी चक्रपथ, बागमती करिडर, १३२ केभी प्रसारण लाईन लगायतका परियोजनाहरुले आफुहरुलाई उठिबास लगाउन लागेको भन्दै खोकना र बुङ्मतीबासी आन्दोलित छन् । नेपालको राष्ट्रय गौरबको योजनालाई अगाडि राखेर यहाँको उर्वरा भुमी सखाप पार्न लागेको स्थानीयको गुनासो छ । अर्को कुरा महानगरपालिकाभित्र पर्ने गाउँको उर्वरा जमिनको मुआव्जा सरकारले विभिन्न बहानामा सोझा गाउँलेलाई कौडीको दाममा बलजफ्ती दिएको र दिन लगाएको स्थानीयको भनाई छ । कतिले बाधयताबस मुआव्जा लिएका छन् भने धेरैले मुआव्जा लिन मानेका छैनन् र पुर्नविचार गरियोस भन्ने माग अघि सारेका छन् ।
शक्तिको आडमा सोझा किसानहरुलाई डर, त्रास, देखाई सरकारले यहाँका रैथाने जनतालाई विस्थापित मात्र होइन सुकुम्बासी बनाउन खोजेको भन्ने उनीहरुको भनाई छ । सम्पदा, संस्कृति, ऐतिहासिक धरोहर राष्ट्रका गौरब होइनन् ? यसलाई सरकारले बचाउन कोशिस गर्नु पर्दैन ? भन्ने प्रश्न अहिले खोकना र बुङ्मतीमा गुन्जिरहेको छ । यीनै प्रश्नहरुको समाधानका लागि स्थानीयले जनसरोकार समिति समेत बनाई सरकारसंग वार्ताका लागि हर प्रयास गरेपनि सफल भईरहेको छैन ।
खोकना, बुङ्मतीबासीले आफ्नो आवाज बुलन्द पार्न वडा कार्यालय तालाबन्दी गरे, जनप्रतिनिधिहरुसंगै आफ्नो गुनासो पोखे, त्यतिले नपुगेर माइतीघर मण्डलामा प्रर्दशन गर्न बाध्य भए, उनीहरुको माग हो संस्कृति र धरोहरलाई नमासेर पनि विकासको बाटो खोजौं, वार्ता गरौं । संविधानले प्राथमिकतामा राखेको आदिवासी जनजातीको बस्ती भएको खोकना र बुङ्मतीको आजालाई कठाराघात नगरियोस् किनभने सरकारको कुनै पनि योजना, परियोजना र कार्यक्रमहरु शुरु गर्नु भन्दा पहिले काम गर्दा र संरक्षण गर्न समेत स्थानीयसंग पर्याप्त छलफल, बहस गरेर सहमतिमा पुगी कार्य सम्पादन गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो ।
यसो भएन भने जतिसुकै जनहित हुने, गौरवशाली र खर्चिलो योजना भएपनि असफल भएका उदाहरण हाम्रो सामु प्रशस्त छन्, यसमा दुईमत हुन सक्दैन । राज्य र सरकार हामी सबैको शक्तिशाली निकाय हो । सरकार जनताको अभिभावक हो । सरकार शक्ति सम्पन्न हुनैपर्छ । कतिपय ठाउँमा सरकार कठोर पनि हुनुपर्छ तर जतिसुकै कठोरता प्रर्दशन गर्दा पनि सरकारले जनहितलाई विर्सन कदापी पाउँदैन र विर्सन हुँदैन । जनता हुन् पेलेरै जानुपर्छ भन्ने सिद्धान्त राख्ने हो भने द्वन्द सिर्जना हुन सक्छ । त्यसैले सरकारलाई जनताको माग र आवाज सुन्न जोडदार माग गर्दछु ।
विनासको बाटोमा लम्केका ठूला ठूला विश्वयुद्ध वार्तामार्फत समाधानमा पुगे भने परम्परा, संस्कृति, पुरातान्विक र ऐतिहासिक धरोहरहरुलाई संरक्षण गर्दै राष्ट्रयको विकास गर्ने कुरामा कसैको पनि विमति हुन सक्दैन । त्यसैले राष्ट्रिय गौरवको आयोजना बनाउन सरकारले स्थानीयलाई वार्ताको लागि ढोका खोलोस्, संवाद गरोस् र उनीहरुको जायज मागलाई सकारात्मक रुपमा समाधान गरियोस् ।
खोकना र बुङ्मती हाम्रो जिवन्त सम्पदा हुन्, यिनको संरक्षण एक जनप्रतिनिधिको हिसाबले हाम्रो प्रमुख दायित्व हो । सहमति र सहकार्य विना बस्ति उजाड पर्ने र सम्पदा नष्ट गर्ने ढंगले अघि बढे खोकना र बुङ्मतीका जनताको साथमा जनप्रतिनिधि अग्रभागमा सडकमा उत्रनेतर्फ गम्भिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो अन्तिम भनाई हो खोकना र बुङ्मतीको आवाज सुनियोस् ।
(लेखक बागमती प्रदेशसभाकी सांसद हुन् ।)
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















