Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

परेवा भीर : एक अवसर

20200730_135118-1596096569.jpg

संप्रस पौडेल

परेवा भीर राक्सिराङ गाउँपालिकाको ४ र ५ नम्बर वडाको सीमानामा रहेको छ । सयौँ वर्षदेखि यही चट्टाने भीर हुँदै सामलतामल बोकी यात्रा गर्ने क्रम चलिरहेको छ । विशेषतः वर्षायाममा खोला ठुलो भैदिँदा भिरबाट नै गरिने कष्टकर यात्रा र मृत्युवरणसम्म भ‌एका घटनाले नै यसलाई सामान्य नठान्नुपर्ने हो ।

यस भीरमा पुल, मोटर बाटो आदिका सम्बन्धमा विभिन्न बहसहरू चले । नेता, कार्यकर्ता, मिडियाकर्मी र जनताहरूका आ(आफ्ना आवाजहरू मुखतरित भ‌ए । बाटोघाटो पुल नबन्ने भन्दै एक नेताले गरेको भाषणको चर्को विरोधमा अर्का नेताको आवाजले सदन तात्यो । मिडियाकर्मी र जनताहरू पनि सशक्त आवाज उठाइरहे ।

यी क्षेत्रको बारेमा धेरै जानकारी नभ‌ए पनि मेरो बसाई मनहरी ५ मा रहेकोले भावनात्मक हिसाबले नजिक महशुस गर्दछु । साथै सो क्षेत्रमा सामान्य पुल तथा बाटोको सट्टा शिशाको पुलको कल्पना सम्भव हुन सक्ने विश्वास गर्दछु । जसले देश विदेशका ठूलो संख्यामा पर्यटकलाई आमन्त्रित गर्न सक्छ । चीनले चालिसभन्दा बढी यस्ता पुलहरू बनाइसकेको छ भने शिशाको पुल निर्माणमा अग्रणी रहेको चीनको सहयोगमा नेपालले पनि सोही विकास गर्न सकिने आशा गर्न सकिन्छ ।यहाँ चीन, अमेरिका, क्यानडा, भारत लगायत देशहरूमा समेत रहेको शिशाको पुलको बारेमा केही जानकारीहरू उल्लेख गर्दछु ।

चीनको हुनान प्रान्तको ४३० मिटर लम्बाई रहेको झाङ्झियाजी शिशाको पुलले वर्षमा लाखौँ पर्यटक निम्त्याउने गरेको छ । जसको कूल लागत ३४ मिलियन डलर रहेको छ ।क्यानडाको ग्लासियर स्काइवाकले वर्षमा हजारौँ पर्यटकहरू भित्र्याउने गरेको छ । यसको कूल लागत २१ मिलियन डलर रहेको ।

अमेरिकाको ग्राण्ड क्यान्योन स्काइवाक, अमेरिका । ३० मिलियन डलर लागत रहेको ।७० वटा ७४७ बोइङको भार थेग्न सक्ने चीनको ब्रेभ मेन्स ब्रिज सिक्किमको पेलिङ स्काइवाक, जसले हजारौँ पर्यटकलाई बोकिरहेको छ ।सामान्य तुइन र झोलुङ्गे पुलविना कैयौँ मानिसहरूले जीवन जोगाउन सफल भैरहेको छ तर  एक पटक बनाइने मुलुककै नमुना पूलले हाम्रा साना गाउँघर पनि संसारमै चर्चित हुन सक्लान् । छिट्टै यस्ता विकास देख्न, सुन्न, हेर्न पाइयोस् । परेवाभीर स्काइवाकमा एउटा सेल्फी खिच्ने रहर पूरा हुने दिन नजिकियोस् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार