आलोक दुलाल
२० बर्षपछि भर्खरै मात्र स्थानिय तहमा गरेको यो निर्बाचनको दोस्रो चरण बाँकी नै छ । चार क्षेत्रमा चुनाव बाँकी नै रहँदा केही भन्नू हावादारी हुनसक्छ। तर पनि के हो भने नेपाल को ६/७ दशक राजनैतिक अभ्यास र जनयुद्ध गरेका तथा मधेस आन्दोलनका नाउमा गठन भएका पार्टीहरुको अहिले असली पहिचान पाउँन ठ्याक्कै गाह्रो देखिन्छ ।
यी मध्ये बामपन्थी या दक्षीण पन्थी कुनै पनि पार्टीको चरित्र र व्यवहार बिल्कुलै मेल नखाको प्रष्ट भएको छ । नेपाली कांग्रेस र माओबादी या एमाले र राप्रपाबीचको ताममेलले उनहरुको बैचारिक धरातलमा ठूलै प्रश्न खडा गरेको छ । भिन्न कालखन्डमा नेपालका राजनैतिक दलहरु सरकारका लागि आफ्नो बैचारिक आस्थालाई तिलाञ्जली दिन पछि पर्दैनन । उनीहरु सत्ता प्राप्तिका लागि जहिले पनि आफ्नो अडानबाट ‘यु टर्न’ हुन सक्छन् भन्ने अब लुकाउनुपर्ने विषय रहेन । तर देशको राजनैतिक तरलतालाई ध्यानमा दिएर देशहरुबीच समन्वय र गठबन्धन हुनु जरुरी त छ तर आफ्नो राजनैतिक धरातल जोगाउनु पनि उत्तिकै आवश्यक छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्दै २०७४ माघभीत्र प्रदेश र संघिय चुनाव हाम्रो सामु बाँकी रहेको अवस्थामा राजनैतिक धु्रविकरणको मोडमा रहेको देखिन्छ । तर यसलाई मिलाउन दलहरुले पार्टीभन्दा माथि उठेर ठोस निर्णय गर्नु आवश्यक छ न कि सत्ताका लागि मिल्ने तर देश समस्यामा पर्दा विभाजन होइन । अहिले देशमा देखिएको आन्तरिक समस्या मिलाउँदै जानुपर्ने देखिन्छ । यसका लागि संविधान संशोधन गर्नै परेपनि सबै दलले मध्यविन्दु पहिल्याएर संशोधन गरी मधेशमा आन्दोलनरत पक्षलाई समेत मिलाएर अघि बढ्नु बुद्धिमानी देखिन्छ । संविधान संशोधनकै विषयमा अलमलिंदा रात रहे अग्राख पलाउँछ भन्ने उखान सम्झदै यसलाई बेलैमा सम्बोधनको खाँचोतर्फ दलहरुले ध्यान दिनु आवश्यक हुन्छ ।
दलहरुले अहिले बुझ्नुपर्ने मूल विषय के हो भने सत्ताका लागि मात्रै मिल्ने भन्दा पनि देशको हित र प्राप्त उपलव्धीलाई संस्थागत गर्न चाँही दलहरुबीच समान धारणा आवश्यक छ । २००७ सालदेखि लोकतन्त्रका लागि सधैं लडिरहेका नेपाली जनताको पक्षमा दृढ संकल्पका साथ जुट्नु दलहरुको दायित्व हो । त्यसैले इतिहासमा गरेका गल्तिबाट पाठ सिक्दै सबैले आफ्नो दलिय स्वार्थलाई त्यागेर केही लचक हुँदै राष्ट्रिय हित र स्वार्थलाई ध्यान दिन सक्ने नेतृत्व अहिलेको खाँचो हो । यसतर्फ उनीहरुको आँखा खुल्नु आवश्यक छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















