Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दुःख दिन खोजेको भन्दै पुर्नसंरचनाको विरोध

Gyapanpatra-VDC-1470048466.jpg

हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् ।

सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले जनताको हितलाई आँखा चिम्लिएर राजनीति उद्देश्यले पुर्नसंरचना गरेको आरोप लगाए । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले साउन १३ गते जिविसमा गरेको अन्तरक्रियामा बुढिचौर, सुकौरा, आमभञ्ज्याङ, भैसे, निबुवाटार र भीमफेदी मिलाएर एउटा गाउँपालिका बनाउने र सदरमुकाम भीमफेदी राख्ने प्रस्ताव गरेपछि यसको विरोध भएको छ । बुढिचौर, सुकौरा र आमभञ्ज्याङका स्थानीयले आफुहरुलाई अपायक पर्ने भन्दै यसको त्यही दिन विरोध गरेका थिए । स्थानीयले यसको सट्टा एकै भौगोलिक क्षेत्रमा पर्ने बुढिचौर, सुकौरा, गढी र आमभञ्ज्याङलाई समेटेर गाउँपालिका बनाउनुपर्ने सुझाव दिएका छन् । सोमबार प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य सचिब किशान न्यौपानेलाई बुझाएको ज्ञापनपत्रमा पनि उनीहरुले कार्यविधिलाई देखाएर गरिएको एकपक्षिय नक्सांकनको विरोध गरेका छन् ।

ज्ञापनपत्रमा आमभञ्ज्याङको हाल रहेको गाविस कार्यालयबाट हेटौंडा आउन ८ किलोमिटरको दुरी तय गर्नुे पर्ने र भीमफेदी जान बजारबाट अर्को सवारीसाधन चढि पुनः २३ किलोमिटर यात्रा गर्नुपर्ने जनाईएको छ । त्यसैगरी, भीमफेदी जानु परे सुकौरा गाविस कार्यालयबाट हेटौंडा १७ किलोमिटर र हेटौंडाबाट २३ गरी ४० किलोमिटर यात्रा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपायक स्थानमा यी गाविसलाई गाभ्नुको सट्टा बुढिचौर, सुकौरा, गढी र आमभञ्ज्याङ समेटेर गाउँपालिका बनाए निकै सहज हुने उनीहरुको दावि छ । यता, प्राविधिक सहयोग समितिले गढी गाविसलाई हेटौँडा उपमहानगरमा गाभ्ने खाका बनाएको छ ।
सुझाव सकारात्मक : न्यौपाने
ज्ञापनपत्र बुझ्दै स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य सचिब किसान न्यौपानेले सुझाव सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले विगतमा भएको छलफलमा पनि माथि उल्लेखित गाविसका बासिन्दाले भौगोलिक रुपमा आफुहरुलाई असुविधा हुने सुझाव दिएको बताए । ज्ञापनपत्रले छलफलका लागि बल पुगेको भन्दै उनले भीमफेदीमै पनि यसबारे छलफल हुने र त्यहाँ पनि सुझाव दिन उनले आग्रह गरे । आफुहरुले सबैको सुझावका आधारमा माथिल्लो निकायमा सिफारिस गर्ने र अन्तिम निर्णयको अधिकार माथिल्लो निकायमा भएको उनले बताए । उनले स्थानीय निकायको पुर्नसंरचना गर्दा एउटा क्षेत्रलाई मात्रै नभई जिल्लालाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने र यसका लागि स्थानीयबासीको समेत उत्तिकै भूमिका रहेको बताए ।
आमभञ्ज्याङका नेता देखिएनन्
आमभञ्ज्याङ गाविसमा घर भएका संचारकर्मीले हस्ताक्षर गरी अहिलेको खाका अस्विकार्य भनिरहँदा त्यहाँका नेता भने कार्यक्रमस्थलमा देखिएनन् । त्यहाँका दलहरुमध्ये केही यही खाकालाई अघि बढाउन दवाव दिईरहेका छन् भने केही यसलाई पुनरावलोकन गर्नुपर्नेमा छन् । तर उनीहरुले खुलेर यसको विरोध नगरेको देख्दा आफुहरुलाई आश्चर्यमा लागेको आमभञ्ज्याङका संचारकर्मीहरुको भनाई छ । जनतालाई सुख दिन राजनीति गर्छौ भन्ने दल जनताले दुःख पाउने अहिलेको पुर्नसंरचनाको खाकामा किन साथ दिईरहेका भन्ने उनीहरुको जिज्ञासा छ । आफ्नो भोटको बर्चस्व हुने देखेर केही मख्ख छन् भने केही छलफलमै रहेको स्रोतको दावि छ ।
को–को थिए ज्ञापनपत्र बुझाउने
सुकौरा गाबिसका तर्फबाट
१) गाबिस सचिब दिनेश लम्साल 
२) नेपाली काँग्रेस सुकौरा सभापति सुनराज स्याङतान्
३) नेकपा एमाले सुकौरा गाविस अध्यक्ष बीरबहादुर रुम्वा
४) नेकपा माओवादी केन्द्र सुकौरा गाविस अध्यक्ष बाबुलाल योञ्जन
५) राप्रपा नेपाल सुकौरा गाविस अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने
६) वडा नागरिक मञ्च सुकौराका संयोजक अमृत लो
७) सुकौराका समाजसेवी यादवप्रसाद अधिकारी
आमभञ्ज्याङ गाविसका संचारकर्मीहरु
१) हरि हुमागाई
२) सुजन विडारी
३) सरिता दाहाल
४) अशोकसुजन श्रेष्ठ
५) शिव वियोगी चौलागाई
६) नविन तिमल्सिना
७) सुनिल गौतम
८) सुमन दुलाल
९) अमर लामा
१०) यम कुमार वाइबा
११) सरोज तिमल्सिना
१२) चन्द्र घलान
१३) गोपिनी दाहाल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार