१२ मंसिर, काठमाडौँ । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच छलफल भएको हो ।
ऊर्जा मन्त्रालयमा शुक्रबार भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थल नजिकको खाली रहेको जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।
छलफलमा मन्त्री पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।
१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...
१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...
१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...
१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...
१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन। झापाको दमक नगरपालिका,कमल...
१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला...
४ फागुन,हेटौंडा । हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका...
९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि ...