Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शंखधरको नाममा प्रतिष्ठान गठन

sankhadhar-sakhwa-1470492340.jpg

२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो ।
प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ पुस्तामाझ फैलाउने काम गरिने बताए । प्रतिष्ठानका सल्लाहकार बिके महर्जनले साख्वाको शालिकसहित अनुसन्धानमूलक जानकारी राख्न प्रतिष्ठानले भुमिका खेल्नेबारे बताए ।
शंखधर साख्वाले देश र जनताको हितमा गरेको योगदानका बारेमा खोज र अनुसन्धान गरि रचनात्मक क्रियाकलापहरु गरि उनलाई देश, बिदेशमा थप परिचित गराउँने प्रतिष्ठानको उदेश्य रहेको जनाईएको छ । २३ सदस्सीय प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा ज्योतिरत्न बज्राचार्य, उपसंयोजकमा शंकरलाल श्रेष्ठ र प्रेमलाल श्रेष्ठ, सचिबमा अनिलकृष्ण खड्गे कोषाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सहसचिबमा बिजय श्रेष्ठ, सहकोषाध्यक्षमा नियमराज बज्राचार्य रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा बद्रीबहादुर सुनार, शुभलक्ष्मी श्रेष्ठ, मंगलकृष्ण मानन्धर, बिष्णुगोपाल महर्जन, ज्ञानेन्द्र पराजुली, सुबर्णकेशर लामिछाने, निरजराज बैद्य, कबिन साँगामी, अभय श्रेष्ठ, बिजय थापा मगर, बिक्रम शाही, जंगबहादुर बस्नेत, सुरेश लामा, बिजयराज जोशी, नन्दलाल दास सिन्दुरिया, रुपकराज बज्राचार्य रहेका छन् । संस्थाको सल्लाहकारमा तुल्सी थापा, पुरनबहादुर जोशी, प्रताप बिष्ट, रामकृष्ण थापा, बिके महर्जन, अशोक शाक्य, ज्ञानकृष्ण प्रजापतिलाई राखिएको छ ।
सरकारले २०५९ कात्तिक २९ गते साख्वालाई राष्ट्रिय बिभुती घोषणा गरी उनले चलाएका नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता प्रदान गरेको थियो । एक हजार एक सय ३३ बर्षअघि तत्कालिन नेपाः राज्यको राजधानी काठमाडौँका नागरिकलाई साख्वाले ऋणमुक्त गरिदिएका थिए । सोही अबसरमा तत्कालिन राजा राघवदेवले नेपाल सम्बत् सञ्चालन गर्न अनुमती दिएका थिए । नेपालसहित तिव्वत र भारतमा समेत प्रयोग गरिएको चन्द्रमासमा आधारित नेपाल सम्बत् राणाकालसम्म प्रचलनमा रहेको बताईन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

थप समाचार