Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्थानीय तहको पुर्नसंरचना अन्तरक्रिया

२२ साउन, हेटौँडा । विश्व आदिवासी दिवसको अबसरमा स्थानीय तहको पुर्नसंरचना बिषयक अन्तरक्रिया हेटौँडामा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर र हेटौँडाले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने र जिल्ला तथ्याङ्ग कार्यालय मकवानपुरका प्रमुख नवराज पौड्यालले सहजिकरण गरे । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो । त्यस्तै गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिईएको थियो ।
कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकारद्वय अमृतकुमार लामा, मधुकर सिँह गलामी मगर, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, गढीका सन्देश तुम्सीङ्ग मगर, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, दनुवार जागरण समितिका भैरबबहादुर राई दनुवार, थारु कल्याणकारिणी सभाका चन्द्रकान्त चौधरीले जिज्ञाशा सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अतिथी र सहभागीले सोधेका प्रश्नको जवाफ सहजकर्ताद्वयले दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार नन्दरत्न स्थापित, सदस्य भैरवबहादुर कुमाल, नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघका जिल्ला अध्यक्ष रविन थापा मगर लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुर, हेटौँडा, गाबिसहरुका पदाधिकारी, युवा, बिद्यार्थी, पत्रकार एवम् जातीय संस्थाहरु बोटे, तामाङ्ग, थारु, मगर, दनुवार, नेवार, राई, गुरुङ्ग, कुमाल लगाएतका प्रतिनिधी सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार