Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

मकवानपुरसहित ३ जिल्लामा मंगलबार १२ स्वास्थ्य संस्था शिलान्यास हुँदै

DLPUI-1612187976.jpg

१९ माघ, हेटौंडा । मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था मंगलबार एकै दिन शिलान्यास हुने भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मंगलबार मकवानपुरसहित ३ जिल्लामा १२ वटा स्वास्थ्य संस्था शिलान्यास हुने भएका हुन् ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास हुन लागेको जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका वडा नम्बर २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका वडा नम्बर ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास मंगलबार हुँदैछ । 
टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुँदैछ । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गर्ने जनाईएको छ ।
त्यसैगरी, नवलपुर जिल्लाको कुमारवर्ती स्वास्थ्य चौकी कावासोती नगरपालिका, नारायणी स्वास्थ्य चौकी मध्यविन्दु नगरपालिका, गैडाकोट स्वास्थ्य चौकी गैडाकोट नगरपालिका, देउराली प्राथमिक स्वास्थ्य चौकी हुप्सेकोट गाउँपालिका, परासी जिल्लाको पञ्चनगर स्वास्थ्य चौकी बर्दघाट नगरपालिका, हुकई स्वास्थ्य चौकी रामग्राम नगरपालिका, रामनगर स्वास्थ्यचौकी सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा रहेको उनवच स्वास्थ्य चौकी पनि मंगलबार शिलान्यास हुने पत्रकार सम्मेलन कार्यालय प्रमुख खर्बुजाले जानकारी दिए । 
उनका अनुसार यी सबै स्वास्थ्य संस्था भवन १५ देखि १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी टेण्डर सम्झौता भएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै भवन तोकिएकै समयमा सम्पन्न हुने गरी काम गर्न निरन्तर अनुगमन हुनुपर्नेमा जोड दिए । भवनको गुणस्तरीयतामा निगरानी गर्न संचारकर्मीलाई समेत उनले आग्रह गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg