नारी तिमी हौ सबको आशा
कुन शब्दमा दिउँ परिभाषा
खुशीको संसार हौ तिमी,
प्रेमको पुर्ण आकार हौ
घर आँगनलाई उज्यालो पार्ने
सूर्यको चमकार हौ
कही शक्तीको अवतार जस्तै
कहीं ईश्वरको चमत्कार जस्तै ,
नारी तिम्रो रुप अनेक
कुन शब्दमा दिउँ परिभाषा
नारी तिमी हौ बिश्वको आशा
महिलाको रोजगारिको अधिकार, समान ज्याला ,प्रजनन अधिकार, सम्पत्तिमा अधिकार र मताधिकारको माग राखेर गरिएको समग्र महिला आन्दोलनको दिन हो मार्च ८ । आज १११औं अन्तराष्ट्रिय महिला दिवस बिश्वभर मनाईदैछ । लोकतन्त्रमा सशक्तिकरणको आधार संबिधान हो । नेपालको संबिधानको मुल मर्मले महिला र पुरुष दुबैलाई समान अधिकार दिएको छ । तापनी अझै कतिपय अवस्थामा कानुनभित्रको बिभेद कायमै छ । जसरी एउटा पंछिलाई स्वतन्त्र आकाशमा खुल्ला भएर उड्नको लागी २ वटा पंखेटाको जरुरत पर्दछ त्यस्तै यो समग्र सृष्टि सहजताका साथ सुचारु हुनको लागी महिला रुपी पंखेटाको पनी उत्तिकै बिकास हुनु पर्दछ । कुनै पनी राष्ट्र समृद्धिपथमा तबसम्म लम्कन सक्दैन जबसम्म त्यो देशका महिलाहरु काँधमा काँध मिलाएर चल्न सक्दैनन् ।
‘यत्र नार्यास्तु पुज्यन्ते रमन्ते तत्र देवता’ आर्थात जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । नारी यस्तो फुल हो जो पतझडमा पनी सधैं सुगन्ध फैलाई रहन्छ । सामाजिक परिबेश, पारिवारिक अवस्था, शैक्षिक, राजनितिक चेतनाका कारणले महिलाहरु चाहना हुँदा हुँदै पनी अवसरबाट बन्चित भई रहेका छन् । सिक्ने अवसर त्यती हुँदाहुँदै पनी जती जानेका छन् त्यो भन्दा बढी महिलाहरु समझदार हुन्छन् । जुन दिन आधा आकाश ढाकेका महिलाहरु सशक्त हुन्छन त्यो दिन घर, परिवार, समाज र यो राष्ट्रले पक्कै कोल्टो फेर्ने छ ।
हिजो मताधिकारबाट बन्चित भएका महिलाहरु आज देशका प्रमुख निकायमा पुग्ने सामर्थ्य राखेका छन् । तर त्यसले समग्रमा सबै महिला जगतलाई प्रतिनिधित्व गर्न सकेको छ की छैन भनेर हामीजस्ता नेतृत्वमा पुग्ने चाहना राखेका र नेतृत्वमा पुगेका महिलाहरुले एकपटक गम्भिर भएर सोच्ने बेला आएको छ । किन बरिष्ठ स्थानमा पदासिन हुनेहरुले समग्र महिला आन्दोलनको प्रतिनिधित्व गर्न सकिरहेको छैन ? किन हामी र हाम्रो भनेर फराकिलो सोचाई राखेर अगाडि बढ्न सकिरहेका छैनौं ? अब सधैं भरी दिएनन् र पाएनौं भनेर रुन्चे गित गाउनु भन्दा नेतृत्वको अवसर भएका, पाएका, पुगेकाहरुको संरक्षण गर्दै गर्दै हुन खोज्ने, पाउन खोज्ने, जान खोज्नेको बाटो सहज गर्न हामी पनी लाग्ने की ? एकपटक आफैंले आफैंलाई गम्भिर भएर प्रश्न गरौं ।
भनिन्छ मयुरसंग भएको रंगिन पंखेटा हेर्दै सारा जगत मग्न हुन्छ, तर स्वयं मयुरले सधैं आफ्नो पन्जा हेरेर दूःख मनाउ गर्दै जिवन खेर फाल्छ । मयुर जस्तै आफ्नो महत्व नबुझेर कतै हामी पनि सबै कुराले पुर्ण हुँदा हुँदै पनी आफुभित्रको क्षमतालाई नचिनेर भएका कमजोरीको डरमा अगाडि बढ्नको लागी हिचकिचाई रहेका त छैनौं ? खियालागेपछी भएका हतियारको कुनै अर्थ रंहदैन, त्यसैले आउनुहोस समय छँदै भएका पंखेटाको उपयोग गरौं ।
दुर्गा, देबी, सरस्वती आदी नामले पुकारिरहँदा जिउँदा देबीहरुको बलात्कार गरी जिंउदै गाडिन्छ खै त्यहाँ कानुन ? खै त्यहाँ राज्य ? खै त्यहाँ न्याय ? अझै पनि दाईजो को निहुँ बोक्सीको निहुँ लगायतका कुनै न कुनै रुपमा पिसीइ रहनु पर्ने ? यस्ता विषयमा आवाज उठाउँ ।
त्यसैले, हरेक दिन महिलाको दिन हो, हरेक दिन शक्ति दिन हो, आजको यो एकता आजको यो सद्भाव बर्षै हम्रिो बिचमा रहने हो भने कुनै शक्तिले नारी शक्ति लाई डगमगाउने सामर्थ्य राख्दैन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सम्पुर्ण मातृ शक्तिमा शुभकामना ।
लेखक चितवनकी सामाजिक अभियानकर्मी हुन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















