Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वन दिवसमा फेकोफनको कार्यक्रम

Chuchekhola-1470756813.jpg

भीमसेन पौडेल
२५ साउन, हेटौँडा । सरकारले श्रावण २५ गतेलाई सामुदायिक वन दिवस मनाउने घोषणा गरे बमोजिम मकवानपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय र जिल्ला वनस्पति कार्यालयले संयुक्त आयोजनामा दिवस मनाईएको हो ।
सामुदायिक वनको पहिचान राष्ट्रिय समृद्विको अभियान भन्ने नाराका साथ मनाईएको कार्यक्रममा मकवानपुरमा पहिलो हस्तान्तरीत चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई सम्मानित गरिएको थियो । यसैगरी जिल्ला वन कार्यालय मकवानपुरले आव ०७२÷०७३ मा विभिन्न विधामा  उत्कृष्ठ घोषित गरेका सामुदायिक वन, कवुलियती वन र निजि वनहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
सामुदायिक वन तर्फ न्यूरेनी चिसापानी सामुदायिक वन हेटौडा ७ नमोवुद्व सामुदायिक वन फापरवारी र हरियाली सामुदायिक वन मनहरी क्रमश प्रथम, द्वितीय र तृतिय भएका थिए । यसैगरी कवुलियती वनतर्फ त्रिभुवन राजपथ कमेरोडाँडा कवुलियती वन, रुथुमभेक कवुलियती वन, महिला हरियाली कवुलियती वन क्रमश प्रथम द्वितीय र तृतिय भएका थिए । प्रतियोगितामा वन्यजन्तु तर्फ सिमपानी देवकोट संयुक्त सामुदायिक वन, चुरेकाँड सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनले क्रमश प्रथम द्वितीय र तृतिय पुरस्कार प्राप्त गरेका छन । 
राष्ट्रपति चुरे कार्यक्रम तर्फ नवलपुर सरस्वती बसामाडी सामुदायिक वन हेटौडा ११, पञ्चकन्या सामुदायिक वन हेटौडा २५ र ज्योति सामुदायिक वन हेटौडा २४ क्रमश प्रथम द्वितीय तृतिय पुरस्कार पाएका छन भने निजी वन तर्फ हेटौडा ६ का यादवप्रसाद उप्रेती, आमभन्ज्याङ्गका लालबहादुर बजगाई, हेटौडा ११ का केदारनाथ बजगाई क्रमश प्रथम द्वितीय र तृतिय भएका छन ।
सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता एवम महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्गतानको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष पुष्पराज पराजुली,  मध्यमान्चल क्षेत्रीय वन कार्यालयका सूचना अधिकृत नवराज पुडासैनी, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरी चापागाई, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्तम कटुवाल, जिल्ला भू–संरक्षण कार्यालयका शम्भु नेपाल, रामहरी चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार