Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

सत्य र असत्य छुट्याउनु जरुरी

Alok-Dulal-1503203667.jpg

आलोक दुलाल

वास्तबमा सत्य के हो विश्व  समाज मानव उत्पत्तिदेखि आधुनिक आजको  दिन सम्म  कति सत्यतथ्य  खोजद्वारा प्रकृतिको सृष्टिकाल देखिको रहस्य भ्रम कति सत्यतामा आधारित छन् । जित्नेको हातमा ईतिहासका पन्नाहरु स्वतन्त्र वास्तविक भन्दा तोडमोड घुमाइएका र भ्रमलाई सत्य बनाइएका त छैनन् भन्ने कुरा आज पनि चर्चामा छ । आजको विश्व समाज राजनीतिक तनाव, अशान्ति, युद्ध, भेदभाब, गरिबीको हिस्सा घट्दै हैन अझ बढ्दै गईरहेको छ । त्यसको गोप्य रहस्य माथी अलिकती प्रकाश पार्न कोशिस स्वरुप कन्स्पिरेसी थेउरी हो इलुमानिटि । के हो त इलुमिनाटी थेउरी ? 
विश्व समाज मानवलाई भ्रमित पारेर शासन गर्ने मानवीय बिचार, ब्यवहार, ईश्वरीय शक्ति, आस्था, विश्वास, रितिरिवाज, परम्परा, संस्कृती भन्दा माथी प्रहार गर्दै सत्यमाथी असत्य झुटलाई अघि सारिन्छ । मानिसको मन मस्तिष्क आत्मा नै ईश्वरीय शक्ति केन्द्रबाट अन्यत्र मोडि सोही अनुरुप कार्य गर्नु, गर्न लगाउने  कला, विधि, एउटा समूह जो विश्व आफ्नो इसारामा धर्मको बिरुद्ध न्यायको बिरुद्ध   केबल पैसा र यौवनको आड्मा भ्रमलाई नै सत्य बनाउने र ईश्वरीय सकारात्मक  उर्जा शक्ति  बिरुद्धमा प्रयोग हुने बाटोको रुपमा लिन सकिन्छ ।
यो एडम भन्ने व्यक्तिको नेतृत्वमा सन् १७७६ मा गुप्त सङठन  खोलियो जसको मुख्य उद्धेश्य  पहिला उज्यालो छर्नु या अध्यारो हटाउनु, ज्ञान बाड्नुसंग सम्बन्धित थियो । तर पछि लोसिफर भन्ने व्यक्ति कै इच्छा अनुसार बिश्वको विश्वास, आस्था, धर्म विरुद्ध, ईश्वरीयको विरुद्ध, सकारात्मक शक्ति उर्जाको विरुद्ध पड्यन्त्रहरु गर्दै छिटो र अकल्पनिय तरिकाले विश्वका मानिसहरु बिच लोभ, लालच, घुस, अपराध, अन्याय, उद्ण्ड्ता, छली, झुटको शासन स्थापित गर्दै  इलुमानिटी कोर कनेक्सन हुनुले केही त पक्कै इसारा गरिरहेछ ।
ईन्टरनेट, समाजिक सन्जाल, गुप्त संगठन तथा फेसनको आड्मा भड्काउँदै सत्यको बाटो अप्ठ्यारो र लामो हुने भएकोले आज छोटो–छिटो असत्यको बाटो रोज्नेहरु दिन दुइ गुना रात चार गुनाका दरले पैसा र शक्तिमा पुगेका छन् । ती तिनै इलुम्यानिटी मेम्बर्सबाट विश्वभरीका विपन्न, सोझा, असल इमान्दारहरुमाथि शोषण, हत्या, बलात्कार, झुट, भ्रस्टाचार जस्ता गतिविधि भईरहेको एउटा मानिस जसको ईश्वरीय शक्ति, सकारात्मक बिचार र ब्यहार भएको आत्माले स्विकार गर्न सक्दैन । 
आज त्यस्तो व्यवहार, घटना हाम्रै आँखा अगाडि भईरहेका छन् र हामी पनि कतै पत्तो नपाइ शिकार बनिरहेका त छैनौ ? विश्वका गरिब देश आफै गरिब भएका होइनन् गरिब बनाइएको हो । अरुको जबसम्म रहनपहल जुठो खाएर बिभिन्न श्रोत अनुसार सेलिब्रेटी लिडर जो समाजमा प्रभाब पार्न सक्छन् तिनको हाउभाउ स्टाइल  नक्कल गर्दा बिना अत्तोपत्तो इलुमिनाटिको शिकार हुनेमा सचेत हुनु जरुरी छ । जस्तो कि एउटा मात्र आँखा देखिने गरि तस्विर खिच्नु, हातका औंलाहरुको इसारा एक्स्पोजले फेसन मात्र होइन इलुमानिटीको संकेत गर्छ जुन लत या आत्मामा बसिसकेको हुन्छ । उसलाइ अरुले गरेका सबै असत्य आफू मात्रै सत्य र ठिक भन्न पर्न थाल्दछ । 
जहाँ कुनै नियम ऐन, कानुन, न्यायको लागि होइन बरु अपराधी, फटाह, अधर्मीहरुको हितको लागि त्यो सङगठनले काम गर्छ र जति सक्दो झुट धोकाद्वारा राज्य सरकार चलाउने एउटै प्रकृतिको स्वरुप इलुमानिटिजहरु बिस्वास गर्छन । तर यो आलेखको उद्धेश्य भनेको नितान्त एक्लो भए पनि सत्य र धर्मको बाटो नछोड्नु भन्ने नै हो । आजको समस्या भनेको सत्य र भ्रम अर्थात पोजेटिभ र नेगटिभ शक्तिबीचको द्वन्दको हो । पश्चिमीकरणको विरुद्ध भन्दा पनि दैविक ईश्वरीय शक्ति,  न्याय,  परोपकार,  आपसी सद्भाव, सहिस्णुताको बिरोधीहरुको विरुद्ध हो । पूर्व निर्धारित योजनाबद्ध तरिकाले घटनाक्रम घटिरहेको छ । 
इलुमिनाटीहरुको इच्छा अनुकुल जहाँ कुनै मानवको इमान्दारितालाई पैसाले खरिद गरिन्छ । विश्वका गरिब देशहरुमा धर्म परिवर्तन, निरपेक्षता, राजसंस्थाको अन्त्य, गणतन्त्र जस्ता विषयबारे कुन एजेण्डा आफ्नो हितमा छ, नेपालीले छुट्याउनु जरुरी छ न कि त्यही इलुमानिटीको फन्दामा पर्नु । जसले देशको हित होस् त्यसमै नेपाली र नेपालका राजनैतिक दलले अडान लिनु जरुरी भईसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो । बैठकमा राजस्व र...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg