✍️देवकी गौतम
२००३ साल माघ १२ र १३ गते भारतको कलकत्तामा भएको प्रथम अधिबेशनले आदरणीय नेता बिपी कोईरालालाई कार्यकारी सभापती र टंक प्रसाद आचार्यलाई मानार्थ सभापती चयन गरी अगाडी बढेको नेपाली कांग्रेस आज उमेरको हिसाबले हेर्ने हो भने आफुलाई अत्यन्तै परिपक्क, उत्तरदायी र जिम्मेवार राजनैतिक दलको रुपमा प्रस्तुत गर्दै यात्राको सात दशकलाई छिचोल्दै आठौं दशक पाईला लम्काई रहेको छ ।
एउटा घर तब ब्यबस्थित घर मानिन्छ, जव त्यो घरको भान्सामा पाकेका परिकार ब्यवस्थित तरिकाले घरमुलीले परिवारका सदस्यलाई पस्कन्छन वा बितरण गर्छन । राज्यको ढुकुटी बढाउन सधैं अग्रसर रहने कांग्रेस व्यवस्थित बितरणमा चुकेको कारण अपजस खेप्दै आईरहनु परेको कुरा जगजाहेर छ । यो बिचमा इतिहासमा गरिएका केही छिटपुट गल्तीबाहेक हरेक परिवर्तन र क्रान्तिमा अग्रणी भुमिका निर्बाह गर्दै नेपालको जेठो पार्टी कांग्रेस आफुभित्रको परिपक्कता लाई जनता माझ पस्कने क्रममा केही अलमलमा परेको हो की भन्ने भान आजकल स्वदेश तथा बिदेशमा रहने आम नेपालीमा मात्रै हैन पार्टीको प्राण पखेरु मानिने उसका आफ्नै कार्यकर्ता तहमा पनी एक चरणको गांईगुई चल्न थालेको छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा अहिले कम्युनिष्टको सरकार छ । झण्डै २ तिहाई नजिक पुगेको कम्युनिष्ट सरकारका केपि शर्मा ओली नेतृत्वले गरेका ईतिहासका अक्षम्य गल्ती, अराष्ट्रिय र अलोकतान्त्रिक कदमहरु, देशमा ब्याप्त चरम भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू देशमा बढिरहदा हरेक दृष्टिकोणबाट हरेक क्षेत्र र भुमिकाका मानिसहरुले आ-आफ्ना तर्क प्रस्तुत गरिरहँदा चोक, चौतारो, चिया पसलहरुमा औंलो ठड्याएर आम मानिसहरु फेरी पनि नेपाली कांग्रेसतिरै फर्किएर खवरदारी गर्दै गाली गरिरहेको भेटिन्छन्, यसको कारण खोतल्नु जरुरी छ ।
तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
स्वभावतः मानिसलाई जो प्रती बढी अपेक्षा हुन्छ, उसैलाई बढी गाली गर्छ । यो शास्वत सत्य कुरा हो । बिगतमा कांग्रेसको नेतृत्वले गरेका केही गम्भिर र अदुरदर्शी निर्णयका कारण बिश्व ईतिहासबाट लोप हुँदै गएको कम्युनिष्टहरु सत्तामा पुग्न सफल भए । तर अपार बहुमत ल्याएर सरकार गठन गरे पनी उनिहरुबाट सकारात्मक परिवर्तनको अपेक्षा नराखेका जनताले फेरी पनि कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत होस् भन्ने चाहना राख्नु र जनचाहना अनुरुप प्रस्तुत हुन नसकेको भनेर आम सर्बसाधारणको चासो र चिन्ताको रुपमा गरिएको 'क्रिटिसिजम'लाई राजनीतिमा सकारात्मक रुपले हेर्नु पर्ने देखिन्छ ।
दुनियाँलाई लोकतन्त्रको दुहाई दिने कांग्रेस यतिखेर आफैं अलोकतान्त्रिक पद्धतिमा चलिरहेछ । पार्टिको बिधानलाई टेकेर प्रतिबद्धता जाहेर गर्दै औपचारिक रुपमा ४ बर्षे कार्यकालको पदभार ग्रहण गरिरहँदा वडा, क्षेत्र, नगर, जिल्ला हुँदै केन्द्रसम्मका सबै तहका नेतृत्व वर्गलाई आफ्नो कार्यकाल ४ बर्ष भएको स्पष्ट थाहा थियो । तापनि केन्द्रीय नेतृत्वको अधिवेशनप्रतिको दृढ ईच्छा शक्ति नहुँदा ४ बर्षे कार्यकाल पुरा गरी बिशेष परिस्थितिमा थप्न पाउने १ बर्षको अबधी पनि पार गरी हाल नेपालको संबिधानले दिएको ६ महिना समय सिमाको अन्तिम दिन २०७८ भाद्र १९ गतेको सिमालाई आधार मानेर आफ्नो अधिबेशनको मिति अघोषित रुपमा तय गरेको छ । पार्टी चल्ने र चलाउने संबिधानले हैन पार्टिको आफ्नो आन्तरिक बिधि र बिधानले हो भन्ने हेक्का हुँदाहुँदै, पटक-पटक तिथि मिति फेरिएर गर्ने भनिएको अधिबेशन हुन्छ की हुँदैन भन्ने अन्योल आम कार्यकर्ताबिचमा ब्याप्त छ । नियमित अधिबेशन नै पार्टीको प्राण र जिवन्त प्रक्रिया हो । तर भएका भातृ संगठनको पंखेटा काटेर आफ्नो हातमा लिएर सम्पुर्ण भातृ संघलाई कोमामा पुर्याएर बसेको केन्द्रीय नेतृत्वले अधिबेशन हुन्छ है साथिहरु भनेर गरिएका बक्तव्यबाजीप्रति आम कार्यकर्ता र सचेत बुद्धिजीवी बर्ग बिश्वस्त हुन सकिरहेको छैन ।
यस्तोमा आगामी असार ३ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकतर्फ स्वदेश र बिदेशका पार्टीभित्र र बाहिरका मानिसको ध्यान केन्द्रित भएको छ । समय छउन्जेल निदाएको केन्द्रीय समितिको ध्यान अझै पनि पुरानै परम्परातिर लैजानु र स-साना कुरातिर अल्झिनु भन्दा भएका क्रियाशिलका केही बिबादलाई तदारुकताका साथ अन्त्य गर्दै सबै नेताहरु जिम्मेवार भई महाधिबेशनलाई सम्पन्न गर्न छाती चौडा पार्नु पर्ने बेला आएको छ । मैदान रहे गोल हान्ने हो तर गोल हान्ने दाऊमा मैदानको बिनास नहोस् भन्ने तर्फ बेलैमा सचेत हुन ढिला भैसकेको महशुस आम कार्यकर्ताले गरिरहेका छन् ।
कोभिडको महामारीको बिचमा हुने अधिबेशनमा आफ्नो कार्यकर्ताको जिउधनको सुरक्षातर्फ सचेत हुनु पनि केन्द्रिय समितिको कर्तब्य हुन जान्छ । जसका लागि २१ औं शताब्दीले दिएको प्रबिधिको उच्चतम उपयोग गरी वडादेखी केन्द्रसम्म सबै तहको निर्वाचन निष्पक्ष, पारदर्शी गराउन जरुरी छ । त्यसका लागि ढिलो नगरी ७७ वटै जिल्लामा भएका दक्ष जनशक्ति प्रयोग गरी बिज्ञहरुको टोलि गठन गरी सबै तहमा प्रबिधि मैत्री निर्वाचनतर्फ घाम नडुब्दै ध्यान जाओस भन्ने कुरा केन्द्रले गरेको हरेक सही र गलत निर्णयको सबैभन्दा पहिलो प्रत्यक्ष असर ब्यहोर्ने र पार्टीलाई जिउँदो राख्न सधैं निस्वार्थ लागी पर्ने हामी र हामी जस्ता भुईतहको लाखौं कार्यकर्ताको तर्फबाट बिनम्रतापुर्वक अनुरोध गर्दछु /गर्दछौं ।
वडादेखि केन्द्रसम्म सबै तहको नेतृत्व गर्न ७३२३ जना सभापति र तिनको कार्यसमितिको निर्वाचन हुँदैछ । सबै तहको नेतृत्वमा आउने चाहना राख्नु हुने देशैभरीका तमाम साथीहरु जसमा एकतिहाई महिला सहभागिता अनिबार्य छ । तमाम साथीहरुलाई सकारात्मक परिवर्तन ल्याउने अठोटका साथ देश र पार्टीलाई रक्तसंचार गराउन अगाडि आउनका लागि अग्रिम शुभकामना ब्यक्त गर्दछु । जयनेपाल ????????
(लेखक नेपाल कांग्रेस चितवनकी जिल्ला सदस्य हुन्)
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















