✍️देवकी गौतम
संस्कृतमा एउटा श्लोक छ । ‘यानी अस्माकम सचरितानी तानी त्वयो पास्यानी नो ईतराणी’ अर्थात तिमिले हाम्रा असल चरित्र (कर्म) मात्रै अनुशरण गर्न योगय छन, अरु होईन । यसलाई बर्तमान सन्दर्भमा जोडेर हेर्ने हो भने सबै बिषयलाई डोर्याउने प्रमुख निती देशको राजनिती आफैंमा धमिलो भएको छ । हामी यो गर्छौं र त्यो गर्छौं भनेर ठुलो सपनाको लड्डु बांडेर एकता प्रकृया अगाडी सारेर दुई तिहाई बहुमतको नजिक पुगेर सरकार संचालनको सांचो हातमा लिएको नेपालको कम्युनिष्ट पार्टीले सरकार बनाउदा बोलेको बोली र गराईमा आकाश पात्तालको फरकपना संगै पटक पटक संसद बिघटन गरी देशलाई अनिर्णयको बन्दी बनाएको कम्युनिष्ट पार्टिले नेतृत्व गरेको सरकारको कुरा हैन जनताले तिनको कर्म हेर्दै मुल्यांकन गरिरहेका छन् ।
बिबिध अन्योलका बाबजुद सर्बोच्चको हिजोको ऐतिहासिक फैसला दोस्रो पटकको संसद पुनर्स्थापनासंगै देश फेरी आफ्नो गतीमा हिड्ने कुरा सर्वसाधारण जनताले अड्कल काट्न थालेका छन । कोभिडले थिलो थिलो पारेको अर्थतन्त्र, खोप नपाएर आत्तिएका जनता, कार्यकाल सकिएर बिधान भन्दा माथी संबिधानमा टेकेर सुस्केरा हालिरहेको अधिबेशनको संघारमा रहेको नेपाली कांग्रेस पार्टी, यी सवै कुराको बिचमा आज यदी अर्को कुनै अकल्पनिय राजनैतिक घटना नघटेमा आफ्नो ५ औं पटकको प्रधानमन्त्रीको सपथ लिनुहुने श्रध्देय सभापती शेरबहादुर देउवा ज्यूलाई बधाई दिनु भन्दा अगाडी एउटा सचेत नागरिक र यो पार्टिको जुझारू सिपाही भएको नाताले सकारात्मक शुझाव दिनु हामी लोकतन्त्रबादीहरुको कर्तब्य पनी हो ।
यो जटिल परिस्थितीमा अन्ततोगत्वा नेपाली कांग्रेसनै देशको बागडोर समाल्ने त्यो सामर्थ्य राख्ने एकमात्र पार्टी हो भन्ने कुरा एकपटक फेरी प्रमाणित भएको छ । यिनै अवसर र चुनौतीको पहाडहरु प्रधानपन्त्री पद सङ्गै प्राप्त हुने देखिन्छ । यी जटिल परिस्थितीलाई चिर्दै सपथ ग्रहण पछी पहिलो प्राथमिकतामा जनताको जिउधनको शुरक्षाको लागी कोभिडको खोप सबै नेपाली लाई उपलब्ध गराउने निर्णय गर्दै त्यसै अनुरुप राज्यले थेग्न सके निशुल्क र नसके स:शुल्क भएपनी जनताले खोप लगाउन पाउने ब्यबस्था मिलाउनु प्रधानमन्त्रिज्युको पहिलो कर्तब्य हुन जान्छ । अन्योलमा रहेको शैक्षिक प्रणाली ,कोरोनाले थला पारेको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने जनहितकारी कार्यक्रमहरु पक्कै आउने छन भन्ने आशा जनताले बालुवाटर तिर फर्केर गरिरहेका छन । हेक्का रहोस कुराले चिउरा भिज्दैन । दुई तिहाइको सरकारका कुराको च्युराले आतिएका जनताको चिउरा भिज्ने गरी अबको आगामी कार्यदिशा तय होस ।
सामुने रहेको चुनौतीको पहाडलाई ब्यबस्थापन गर्न नसकेमा नजिकिदै गईरहेको आगामी निर्वाचनमा हुने नकारात्मक असर तर्फ पनी उत्तिकै सचेत हुदै सुझबुझका साथ राज्यको प्रशासनिक खर्चमा भारी कटौती गर्दै धर्मराएको अर्थतन्त्रलाई आफ्नो गतीमा हिंडाउने दर्बिलो प्रधानमन्त्रिको दर्जामा यहां लाई देख्न पाईयोस, तबमात्रै जनताले साँचो अर्थमा बधाई दिनेछन । अनी तिनै हल्लीइरहेका हातहरु मध्ये एउटा हात र गुनजिरहेका बधाईका स्वरहरु मध्ये एउटा आवाज मेरो पनी हुनेछ र तिनै बधाई दिने पात्रको बिचबाट हामी पनी छाती फुलाएर भनौंला , सभापती ज्यू बधाई अनी आभार ।
(लेखक नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य हुन् ।)
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















