# बिनोद चन्द्र कोइराला
“....तर हामी कुनै देशले नेपाल ले के सोच्नु पर्दछ वा के गर्नु पर्दछ भनेर भनेको सुन्न चाहदैनौ“
- बी पी कोइराला
लोकतन्त्र मात्र हैन मुलुकको भबिष्य नै अनिश्चयको घेरा भित्र पर्न गएको विषम परिस्थिति लाइ लिकमा ल्याएर न्यायालयले केही आडभरोसा दिएको बर्तमान अबस्थामा बी पी कोइरालाको ३९सौ स्मृति दिवस मनाउदै छौ।
बिचार बिहिन राजनितिले संक्रमित मुलुकको बर्तमान अबस्थामा मनाउन लागिएको३९औ स्मृती दिवसमा सदा झै यश पटक पनि बी पी र बी पी का बिचार लाई संझने जमर्को गरिएको छ।देश र जनताको हितको लागि आजिवन संघर्षरत बी पी आफ्ना महान बिचार र कर्मले नेपाल भित्र मात्र होइन दक्षिण एसियामा नै पुजनिय पात्र बन्नु भएको थियो।प्रजातान्त्रीक ब्यबस्था लेमात्र राष्ट्रको संरक्षण र देश रजनताको हित हुन सक्छ भन्ने आफ्नो आदर्श लाई स्थापित गर्न पद,प्रतिष्ठा र पैसा मात्र होइन आफ्नो जीवन लाई नै दाउ मा लगाउनु भएका बी पी ले प्रजातन्त्र प्रक्रिया मात्रै होइन पद्धति पनि हो भन्ने कुरा लाई आत्मासात गर्दै आफ्ना बिचार र आदर्श लाई जीवन पद्धति नै बनाउनु भयो।त्यही कारण हो वहाँ नेपाल र हिन्दुस्थानमा मात्र होइन विश्व मै संमानित नेता हुन पुग्नु भयो।
बी पी का बारेमा लेखिएका माथिका कुरा पुष्टि गर्न पत्रकार मणिराज उपाध्याय ले बीपी संग लिएको अन्तरवार्तामा बी पीले भन्नू भएका यी वाक्य नै काफी छन।“इन्दिरा गान्धिको कुरा मान्ने हो भने म भोलिनै मुलुकको प्रधानमन्त्री बन्न सक्छु।तर प्रधानमन्त्री भै सकेपछी मैले कस्को कुरा मान्ने ?नेपाली जनताको कि इन्दिरा गान्धी को?“बी पी को उक्त भावनालाइ बी पी पछिको नेतृत्व पंत्तिले बुझिदिएको भए निश्चयनै यो देशको कायापलट हुने थियो।तर हाम्रो दुर्भाग्य त्यसो हुन सकेन।
राजनीतिमा बी पी माहात्मा गान्धी बाट प्रभावित हुनुहुन्थ्यो तर बाध्यताबस दुबै पटक(०७,०३०÷३१) ज्यादती का विरुद्ध हतियार उठाउनु भयो,जसरी गिरिजा प्रसाद कोइराला गणतन्त्र मा जान बाध्य हुनु भयो(पुरुषोत्तम बस्नेत–नेपाली कांग्रेस को इतिहास को प्रारुप)।विश्व राजनीतिमा बी पी लाई चिनाउने वा उनको हाइट बढाउने काम भने बी पी को बिदेश नीतिले गर्यो।डा अङ्ग राज तिमल्सिना का यी शब्दले बी पी को बिदेश नीति बुझ्न सकिन्छ।“सन१९६०को संयुक्त राष्ट्र संघको साधारण सभामा बी पी ले दिएको “साना राष्ट्रहरुको महत्वपूर्ण भुमिका छ“भन्ने नीतिगत संबोधनले विश्वभरीको ध्यान नेपाल तिर आकर्षित गर्यो।संबोधनको क्रममा बी पी ले शितयुद्धमा होमिएका तत्कालिनअमेरिकी राष्ट्रपति आइजन हावर र सोभियत संघका नेता खुस्चेभ लाई विश्वशान्ती,बिकास र निशस्त्रीकरणका लागि तत्काल वार्तामा आउन र शक्तिराष्ट्रहरु समस्या होइन सामाधानको हिस्सा बन्नुपर्ने स्पस्ट धारणा मात्र राखेनन स्वाधिनता र स्वतन्त्रता को लडाइँ लडिरहेका थुप्रै अफ्रिकि देशहरू लाई युरोपेली देशहरूको शोषणयुक्त्त शासन र प्रभुत्व बाट मुक्तिका लागि बुलन्द आवाज उठाए।बीपीले भने म कुनै नीहित स्वार्थ नभएको सानो राष्ट्रको हैषियतले बोल्दैछु।कुनै शक्तिशाली राष्ट्र समय र इतिहासको कदम भन्दा ठूलो हुन शक्तैन।समय र इतिहास दुबै अहिले स्वतन्त्रताको लडाइँ लडने साहसिक अपिÞm्रकिहरुको पक्षमा छन।“ संबोधन कै क्रममा बी पी ले ठुला भनिएका राष्टहरु लाई यसरी चेतावनी स्मेत दिन हिच्किचाएनन।बी पी कै शब्दमा “यधपी हामी भारतिय,अमेरिकी,सोभियत संघ र बेलायत जस्ता मित्र सरकार र अरु संस्थाहरु (जस्तो कि राष्ट्रसंघ)को सहयोगको स्वागत गर्छौ र यो सहयोग प्रती कृतज्ञ छौ।तर हामी कुनै देशले“ नेपालले के सोच्नु पर्दछ वा के गर्नु पर्दछ भनेको सुन्न चाहदैनौ“।
विश्व राजनिती मा दक्षिण एसियाको एकमात्र निर्बिकल्प नेता आफू मात्र रहेको संझने नेहरु लाई बी पी को यो हुंकार र भारत लाई उछिनेर बिरलै मानिस होलान जस्को आफ्नो श्रीमतीको अलावा अरु स्त्री संग प्रेम संबन्ध नगासिएको होस।म पनि एउटा साधारण मानिस भएकोले अरुको जस्तै मेरो पनि अन्य नारीसंग प्रेम संबन्ध रहेको थियो तर मेरो स्थायी र दृढ संबन्ध भने श्रीमती संगनै थियो।“
बीपी राजनेता मात्र नभएर उच्च कोटिको साहित्यकार पनि हुनुहुन्थ्यो ।वहाका कृतिहरुले वहालाइ महान बनाएका छन।वहाका कृति माथी दर्जनौ शोधपत्र लेखिएका छन भने देशमा मात्र होइन बिदेशी बिश्वबिद्धालयका पाठ्यक्रममा स्मेत समाबेश गरिएका छन।
सारासंमा भन्ने हो भने बी पी कोइराला राष्ट्रबादि सिद्धान्तनिष्ठ ,दुरदर्शी,इमानदार राजनेता हुनुहुन्थ्यो।पदिय हिसावले राजनितिमा वहालाइ असफल नेताको रुपमा पनि हेरिएला तर बिचार र क्ष्यमताका हिसाबले दक्षिण एसियाकै अद्वितीय राजनेता हुनुहुन्थ्यो ।तत्कालिन युगोस्लाभीयाका राष्ट्रपती जोसेफ मार्सल टिटोले त भनेका पनि थिए“बी पी दक्षिण एसियाको एक उदाउदो तारा हो“।संयोग नै मान्नु पर्छ बी पी स्मृति दिवसको पुर्व सन्ध्यामा बी पी ले बनाएको र,हुर्काएको पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ।नीति र निष्ठा हराएको राजनीति को बोलवाला रहेको र आफ्नो हैसियत खुम्चिएको बर्तमान अबस्थामा नियतिले कांग्रेस लाई फेरि सत्तारुढ गराएको छ। कांग्रेस र कांग्रेस नेतृत्वलाई यो एउटा अब्सर पनि हो खुम्चिएको कांग्रेसको हैसियत लाई पुर्व अबस्थामा फर्काउने र नेतृत्व माथी लागेको असक्ष्यमता को आरोप बाट मुक्त हुने।बर्तमान नेतृत्व बाट जनताको कुनै ठुलो अपेक्षा त छैन।तर अहिलेको महामारिबाट जनतालाइ बचाउने,ओलि राजमा भएका अनियमितता र भ्रष्टाचारको निस्पक्ष छानबिन गरि कारवाही गर्ने र सुशासन दिन सकेमा मात्र पनि कांग्रेस पुर्व अबस्थामा फर्किन सक्छ र अहिलेको अबस्थामा यहिनै बी पी प्रतिको सच्च श्रद्धाञ्जली हुनेछ।
अन्तमा,कालजयी बिचार र व्यबहार का कारण आफुलाइ महान मात्र हैन सर्बकालिन सत्य बनाउन सफल महामानब का कालजयी बिचारलाइ यो पिढिले बिर्सदै गए पनि आउने पिढिले ग्रहण गरि व्यबहारमा उतार्ने प्रेरणा प्राप्त होस भन्ने कामना का साथ महामानव प्रती हाम्रो तर्फबाट यिनै शब्द श्रद्धाञ्जली अर्पण गर्दै यो आलेख लाई यहि अन्त गर्दछु।
( लेखक बी पी बिचार समाज मकवानपुर अध्यक्ष हुन )
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















