“मैले भनेको भन्दैमा तिमीले केही पनी पत्याउनु पर्दैन । मेरा बचनलाई आगोमा पोलेर, पानीमा डुबाएर र आकाशमा उडाएर तिनको परिक्षा लेउ त्यसपछी पत्यार लागेछ भने मात्र बिश्वास गर्नु ।” शाक्यमुनी बुद्धको यो प्रसिद्ध बाणीजस्तै विपि कोईरालाले जन्माएर, सुवर्ण सम्शेरको मलजलमा, गणेशमानको फलामे ईच्छा शक्तिले खबरदारी गरेर, कृष्णप्रसाद भट्टराईको निष्ठाको अग्निबाट प्रज्वलित हुँदै आफुलाई त्यस भन्दा पछाडिका नेता कार्यकर्ताबाट परिष्कृत गर्दै राजनीतिको तुषारो र उष्ण गर्मीमा पनि आफुलाई उत्तिकै सान्दर्भिक बनाउँदै शिर ठाडो पारेर यहाँसम्म आईपुगेको हामीले चिनेको नेपाली कांग्रेस पार्टी पनी जे बोल्छ त्यही गर्छ र गर्न सक्ने कुरा मात्रै बोल्छ भनेर यो पार्टीमा लागेका हामी र हामी जस्ता लाखौं कार्यकर्ताको मनमा यतिखेर अत्यन्तै ठुलो हुन्डरी चलिरहेको छ ।
पटक–पटक अधिबेशनको मिति तय गरेर अधिबेशन गर्ने साईत जुराउन नसकेको र आगामी भाद्र २३ गतेभित्र महाधिबेशन सम्पन्न नगर्ने हो भने नेपालकै जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको बैधानिकता सकिंदैछ । यो कुरा हामी जस्ता गाउँका कार्यकर्तालाई भन्दा केन्द्रीय नेता र नेतृत्वलाई राम्रोसंग थाहा छ भन्नेमा दुबिधा नहोला तर...। बिना जग्गे, बिना पुजा सार्दम छिमेकीलाई पुजाको निम्तो बाँडेर निम्तालुले पुजा हुन्छ भनेर नपत्याए झैं अधिबेशनको लागि आवश्यक विधि र प्रक्रियाहरु केही पनि अगाडि नबढाई मुश्किलले ३० वटा दिन पनी बाँकी नहुँदा अधिबेशन हुन्छ हुन्छ भनेर ठोकुवा गरेको हामी कार्यकर्ताले कतिञ्जेल पत्याउने होला खै..??
विपि कोईरालाले जन्माएर, सुवर्ण सम्शेरको मलजलमा, गणेशमानको फलामे ईच्छा शक्तिले खबरदारी गरेर, कृष्णप्रसाद भट्टराईको निष्ठाको अग्निबाट प्रज्वलित हुँदै आफुलाई त्यस भन्दा पछाडिका नेता कार्यकर्ताबाट परिष्कृत गर्दै राजनीतिको तुषारो र उष्ण गर्मीमा पनि आफुलाई उत्तिकै सान्दर्भिक बनाउँदै शिर ठाडो पारेर यहाँसम्म आईपुगेको हामीले चिनेको नेपाली कांग्रेस पार्टी पनी जे बोल्छ त्यही गर्छ र गर्न सक्ने कुरा मात्रै बोल्छ भनेर यो पार्टीमा लागेका हामी र हामी जस्ता लाखौं कार्यकर्ताको मनमा यतिखेर अत्यन्तै ठुलो हुन्डरी चलिरहेको छ ।
जिम्मेवार पार्टी कांग्रेसले यतिबेला यो देशका बिदेशी भुमीमा पसिना बगाउने युवाको बारेमा सोच्ने बेला हो । बाकसमा बन्दि भएर आउने युवाको सपना र तिनको परिवारको आँखाको तुँवालो मेटाउन लागि पर्नुपर्ने कांग्रेस, कोरोनाले थिलो थिलो पारेको र अघिल्लो सरकार छोडेको बिरामी अर्थतन्त्रलाई तंग्राएर अगाडि हिडाउनु पर्ने कांग्रेस, अस्तब्यस्त शैक्षिक क्यालेन्डरलाई ब्यवस्थित गर्दै लाखौं युवाको भविष्य सुनिश्चिततातिर लाग्नु पर्ने कांग्रेस, कृषिमा आधुनिकिकरण र कृषिमुखी कार्यक्रम ल्याएर जनतामा उत्साह भर्नको लागि समयले पोल्टामा जिम्मेवारी दिएको पार्टीलाई आफ्नो आन्तरिक अधिवेशन पनि नगरेर झिना मसिना कुरामा अल्झिएर बिधानले र संबिधानले थपिदिएको डेढ बर्ष समयभित्र पनी अझै अधिबेधनको टुंगो नलगाएर रोईलो गर्ने छुट जिम्मेवार पार्टी कांग्रेसलाई यो बेला समयले दिएको छैन ।
गाउँमा बस्ने एउटा कांग्रेसको कार्यकर्ता जसले जीवनमा कहिल्यै न पार्टी सभापति बन्ने सपना देख्छ । न यो देशको प्रधानमन्त्री बन्ने सपना देख्छ । उसको बाचुन्जेल जीवनको एउटै सपना छ सवल र दर्बिलो कांग्रेस...।
गाउँमा बस्ने एउटा कांग्रेसको कार्यकर्ता जसले जीवनमा कहिल्यै न पार्टी सभापति बन्ने सपना देख्छ । न यो देशको प्रधानमन्त्री बन्ने सपना देख्छ । उसको बाचुन्जेल जीवनको एउटै सपना छ सवल र दर्बिलो कांग्रेस...। जसले मेरो देशको पाईला दर्बिलो टेकाउन सकोस् । आज ति तमाम कार्यकर्ताको भावनामाथी तुषारापात हुनेगरी यसको बैधानिकता मै प्रश्न उठ्ने दिन आउँदा यदी कसैको चित्त काटिएको छ भने दुर–दराजमा बस्ने तिनै लाखौं क्रियाशिल कार्यकर्ताको मन कुँडिएको छ । चाहे जे गर्नोस् तर यो पार्टीमा आफ्नो भबिष्य देखेर यसको आदर्श र सिद्धान्तलाई माया गरेर आफ्नो जीवन र जवानी समर्पण गरेका लाखौं युवा, विद्यार्थी, महिला, तरुण अग्रज सबैको भबिष्य माथी खेलवाड गर्ने छुट कांग्रेस नेतृत्व कसैलाई पनि छैन । सबैको चाहना मनोभावना यतिबेला एउटै छ कि समय रहँदै यसको बैधानिकता जोगाईदेउ ।
कोरोनाको कहर हाम्रो बशमा थिएन । तर पार्टीको बैधानिकताको बिषय नितान्त हाम्रो नेतृत्वको बशमा थियो र छ पनि । समयमा अधिबेशन नगरेको कारणले सकिन लागेको बैधतालाई जोगाउनेतर्फ गम्भिर भएर सोच्न ढिला नगरियोस् । यही श्रावण २८ बस्ने केन्द्रीय समितिको बैठकले बिरालाको घाँटिमा घण्टी कसले झुण्ड्याउने भनेर जोखाना हेर्न छोडेर लाखौं कार्यकर्तालाई दुबिधामा नपारिकन अब एउटा सामुहिक निकास र निर्णय दिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ढिलो गर्नु हुँदैन । समय छँदै निकास होस शुभकामना ।
जय नेपाल !
(लेखक नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य हुन् ।)
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...