मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको प्रक्रियामा अघि बढि रहेको छ । हालसम्म १३ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् भने विभिन्न जिल्लाहरुमा पालिकातह सम्म अधिवेशन सम्पन्न भईसकेका छन् । केन्दि«य निर्वाचन समितिले बाँकी रहेका तहको निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रारम्भिक तहमा सम्पन्न भएका अधिवेशनबाट सदैव उठ्ठै आएको कांग्रेसभित्रको रुपान्तरणीय पक्षहरुको उजागर भईरहेको छ । संघीय संरचना अनुरुपको सांगठनिक संरचना, नितिगत बहस, आर्थिक–सामाजिक, राजनितिक रुपान्तरणका आधारपत्र र पार्टीका विभिन्न पदमा युवाको घोषणा र भिजनरी युवा नेतृत्वको खोजलेकाँग्रेसलाई पुनर्ताजकीकरण गर्ने अनुमान गरिदै छ ।
सदैव उठ्ठै आएको पुस्तान्तरणको कुरालाई अहिले सार्थकता पाउँदै आएको छ यद्यपी पहिलो तहका नेताहरुको अझै पद आाकांक्षी कायम रहेकै कारण तत्काल नै पुस्तान्तरण असम्भव देखिएको छ । पार्टी केन्द्रीय नेतृत्व (पार्टी सभापतिदेखि केन्द्रीय सदस्य) मा पनि ६० वर्षसम्म कै बर्चस्व भए तापनि १४ औँ महाधिवेशनको क्रियाशील सदस्ययता वितरणको विवरण अनुसारको केन्द्रीय डेटा सिस्टममा इन्ट्री भएको ९ लाख बढि क्रियाशील सदस्यतमध्ये १८ वर्ष देखि ४० वर्ष उमेर समुहका ३३ प्रतिशत युवाको उपस्थितिलाई मध्यनजर गरी हेर्दा निकै उत्साहजनक रहेको छ । सम्मानजनक रुपमा नेतृत्वको दावी गरीरहेका क्षमतावान युवापुस्ता अघि बढिरहेको हेर्दा पक्कै पनि पार्टीमा नयाँ युगको सुरुवातहुने संकेत प्रदान गरेको छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा देखिएको युवा आकर्षण र परिवर्तनको सुरुवातले अन्य पार्टीलाई पनि समयानुकुल परिवर्तित मार्गमा रुपान्तरित हुन प्रतिष्पर्धात्मक चुनौती प्रस्तुत गर्न सक्दछ ।
लोकतान्त्रिक शासन पद्धतीमा पार्टी बलियो भयो भने मात्र सदन र सरकार बलियो हुन्छ । पार्टीलाई गुटबन्दीरहित र स्वच्छ प्रतिष्पर्धात्मक बनाउनका लागि पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कोशेढुंगा सावित हुनेमा आमकार्यकर्ता विश्वस्त रहेका छन् । कांग्रेस भित्रको गुटबन्दी र अन्तरविरोध कायम रहे रुपान्तरित मार्गमा रहेको कांग्रेस सहि गन्तव्यमा पुग्न असम्भव रहन्छ । तसर्थ, सम्पूर्ण नेपाली राजनीतिक दललाई लोकतान्त्रिक पद्धतीमा ल्याउन र सही राजनीतिक संस्कारको विकास गर्नका निम्ति पनि १४ औँ महाधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।
समावेशी कांग्रेस
सदैव नेपाली कांग्रेसलाई परम्परागत र यथास्थितिवादी पार्टीका रुपमा चित्रण गर्ने प्रयास गर्दै आएका छन् । यसको ठिक विपरित क्रियाशील सदस्यतामा उल्लेख्य रुपमा उपस्थित भएको खस आर्य, दलित, मुस्लिम, महिलाआदि समुदायको उपस्थितिलाई हेर्दा कांग्रेस थप समावेशी हुँदै गएको पाईन्छ । त्यसैगरी कांग्रेसको नियमावली अनुसार क्षेत्रीय प्रतिनिधि चयन प्रक्रियामा समेत महिला, दलित, अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुलाई अनिवार्य समावेश गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । जसले गर्दा कांग्रेसलाई थप समावेशी मार्गमा लगेर लोकतान्त्रिक पार्टीको परिचय प्रदान गर्न थप मद्दत पुगेको छ । लोकतान्त्रिक पार्र्टीलाई समावेशी बनाउँदै यथास्थितिबाट रुपान्तरण गर्ने अभिभारा युवापुस्ताको काँधमा रहन्छ तसर्थ पनि कांग्रेसप्रतिको युवा आकर्षणले गर्दा पनि दीर्घकालिन रुपमा कांग्रेसलाई थप मजबुट बनाउन टेवा पुग्दछ ।
युवापुस्ताको आकर्षण
भर्खरै सम्पन्न पालिकास्तरीय निर्वाचनबाट वडा तह र क्षेत्रीय प्रतिनिधिमा युवापुस्ताको उल्लेख्य सहभागिता भएको देखिन्छ । हिमाली जिल्लामा सम्पन्न जिल्ला अधिवेशनसम्मको प्रारम्भिक नतिजा नियाल्दा समेत प्रदेश र संघीय तहमा पनि बढि भन्दा बढि युवापुस्ताको सहभागिता देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट क्रियाशिल सदस्यताको संख्या ९ लाख हाराहारीमा पुगेको छ । जसमा १६ देखि ४० वर्ष उमेर समुहका ४० प्रतिशतभन्दा बढि क्षेत्रीय प्रतिनिधि र वडाहरुमा निर्वाचित भएका छन् । अहिलेका युवा पुस्ताले ९ लाख क्रियाशिलहरुको भावना अनुसारको पार्टी हाक्न सक्षम नेतृत्वको आकांक्षामा रहेका छन् । नवपुस्ताको आकर्षण र सहभागितालाई पार्र्टी नेतृत्वले सहि दिशानिर्देश गर्न सक्षम हुनुपर्दछ त्यसको लागि सहि प्रशिक्षण र संस्कारयुक्त राजनीतिक वातावरण सिर्जना गर्न पार्टीले भिजनरी कार्यनिति ल्याउनु अपरिहार्य रहेको छ । यद्धपी, युवापुस्ता समेत गुटगत राजनीति र पार्टीको अस्वभाविक सिन्डिकेट तोड्न तयार रहनु पर्दछ । विद्यार्थी एवं विभिन्न भातृ संघ संस्थाबाट राजनीतिक यात्राको सुरुवात गरेका सयौं युवा आज वडा, पालिका र जिल्लातह सम्म आफ्नो पहँुच पु¥याउन सफल रहेका छन् यसले गर्दा आगामी महाधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिका रहन्छ भन्ने स्पष्ट रहेको देखिन्छ ।
आगामी कार्यदिशा
राधेश्याम जोन्छेँ जस्ता शहिदहरुको बलिदान र लाखौँ उर्जावान क्रियाशील साथीहरुको योगदानले आज नेपाली कांग्रेस यहाँसम्म आइपुगेको छ । आज यिनै शहिदहरुको त्यागले नै गणतन्त्रको जन्म भएको छ र आज गणतन्त्रलाई संस्थागत गराउनका लागि पनि नेपाली कांग्रेसको भूमिका अग्रणी रहेको छ । आज गणतन्त्रलाई संस्थागत ढंगमा लानका लागि पनि १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यक रहेको छ । संघीयता पछिको स्थानीय शासकीय स्वरुपअन्तर्गतको स्थानीय तह, प्रदेश तह र संघीय तहको अधिवेशन सम्पन्न हुँदै छ यसले पनि संघीयतालाई मजबुट बनाउन टेवा पुर्याउँदछ । गणतन्त्रको हिमायती पार्टी भएकाले पनि यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्दछ । यथास्थितिवादी, पुरातनवादीको रुपमा नेपाली कांग्रेसलाई अर्थाउने प्रयास गरिन्छ तर अबको महाधिवेशनको प्रारम्भिक चरणले ती भ्रमलाई चिर्न मद्धत पुर्याएको छ । आगामी दिनमा जसरी युवा पुस्ता नेपाली कांग्रेसप्रति आर्कषित भएका छन् यीनलाई पार्टीले सहि ढंगले प्रचालित गर्नुपर्ने अभिभारा रहेको छ । यसको लागि पार्टीले सहि रुपले प्रशिक्षित, परिचालन र संगठित भएर अगाडि बढाउनु पर्ने आवश्यक छ । जनमतले पाँच वर्षका लागि स्थायी सरकार बनाउनका लागि दिएको म्यानडेट आज कम्युनिष्ट पार्टीले तिन वर्ष नपुग्दै जनताको सपनामाथि तुषारापात गरेको छ र त्यो अधुरो सपना पुरा गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसको काँधमा रहेको छ । त्यसैले आज एकातर्फ तोकिएको समयमा नेपाली कांगे्रसले आफ्नो महाधिवेशन सम्पन्न गरी रुपान्तरणीय पक्षलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी रहेको छ भने अर्कातर्फ कम्युनिष्ट सरकारले जनतामाथि थोपारेको नैराश्यतालाई विकास र स्थायित्व प्र्रदान गरी ती नैरश्यतालाई आशातित मार्गमा लैजानु महत्वपुर्ण कर्तव्य रहेको छ । यसर्थ नेपाली कांग्रेसको भूमिका आगामी दिनमा अझ सशक्त र सबल हुँदै जानु आवश्यक छ जसले संघीयता, लोकतन्त्र र सबैखाले परिवर्तनहरुको नेतृत्व गर्न सफल हुनेछ ।
(लेखक रजनी जोन्छेँ बागमती प्रदेशसभा सदस्य एवं शहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान सूर्यविनायक-५ भक्तपुरकी अध्यक्ष हुन् ।)
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...