मंसिर ४ को निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको भागदौड बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसको निर्वाचन क्षेत्र छ । मकवानपुरको प्रतिनिधिसभा–१ को ख बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएका उनी झिनो मतान्तरले पराजित भएका थिए ।
नेपाली कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली चुनाव हारेपनि विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आएका छन् । भुकम्पमा होस् या कोरोना संक्रमणकालमा उनले विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । उनै पराजुली मंसिर ४ गते हुन लागेको संसदीय चुनावमा पहिलोपटक उम्मेदवार बनेका छन् । प्रस्तुत छ प्रष्टखबरका लागी सुनिल शिवाकोटीले गरेको कुराकानी:
चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
मंसिर ४ नजिकिसक्यो, अब मौन अवधि सुरु हुँदै छ । यसबीच हामीले मतदातासँग मत माग्न पाउँदैनौ तर समय रहुन्जेल सकेसम्म सबै मतदाताहरुलाई भेट्न उहाँहरुको घरदैलोमा पुगिरहेका छौ । वडा र टोलहरुमा भइरहेको कार्यक्रम मार्फत आफ्नो एजेण्डाहरु जनतालाई भन्ने काम भइरहेको छ । विशेषगरि घरदैलो, कोणसभा, कार्यकर्ता भेटघाटका माध्यमबाट मतदाताको गुनासो सुन्ने र आफ्ना एजेण्ड बुझाउँने काम भइरहेको छ ।
मतदातालाई कतिको उत्साही पाउनु भएको छ ?
स्वाविक रुपमा चुनाव भनेपछि मतदाताहरुमा आफुले चाहेको उम्मेदवार छान्न पाउने भएकाले उत्साह देखिन्छ । तर विगतमा चुनेर पठाएका उम्मेदवारहरुको व्यवहारले उहाँहरुमा केहि निराशाा पनि छ । फेरि पनि चुनाव जितेर आउँने नेतहरुबाट त्यस्तै व्यवाहर हुने हो कि भनेर । मतदाताहरुमा आक्रोश र आशा, भरोसा पनि छ । यो पटक काम गर्ने उम्मेदवार चयन गरेर मतदान गर्नुपर्ने भन्नेमा मतदाताहरु रहेको पाएको छु । मतदाताहरुको अपेक्षाहरु पनि धेरै नै छ । विगतको सरकारलाई पाँच वर्षको लागि मतदान गरेर पठाएको भएपनि सरकारले त्यो मतको अपमान ग¥यो भन्ने धेरैको बुझाई छ । सरकारले प्रतिनिधिसभा विघटन गर्ने काम गरेकोले जनताहरुमा आक्रोश पनि देखिएको छ ।
मतदातालाई आफ्नो उम्मेदवारीका विषयमा के भन्नुहुन्छ ?
मैले जनप्रतिनिधि भएर काम गर्ने अवसर त पाएको छैन । काम गर्ने अवसर पाउनको लागि मेरो उम्मेदवारी हो । २०७४ मा म हेर्टौंडाको मेयरको प्रत्यासी थिए । त्यतिबेला थोरै मतले म पराजित हुनुपर्यो भने धेरै म तबदर भयो । त्यतिबेला कामगर्न पाएनौ । अब वास्तवमै राजनीतिलाई सेवाको रुपमा हामिले बुझेका छौ । राजनीति पेशा होइन सेवा हो । मकवानपुरको जनताले काम गर्ने अवसर दिनुभयो भने उहाँहरुको सेवाको काम गर्ने भनेर लागेको हो । यद्यपी म पदमा नै नहुँदा पनि काम नगरेको चाँहिहोइन । कोरोनाको बेलामा होस् या भुकम्पको बेलामा सकेसम्म मकवानपुरका आमाबुवा, दाजुभाई, दिदिबहिनीलाई हामिले धेरै सहयोग गरेका छौ ।
तपाईको एजेण्डा के हो ?
आधारभुत आवश्यकताहरु पनि जनताले प्राप्त गर्न सकिरहेको अवस्था छैन । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटनको योजना लिएर हामि जनतामाझ गइरहेका छौ । सामान्य भन्दा सामान्य काम पनि विगतको सरकारले गर्न नसकेको हामिले देख्यौ । त्यसको पनि आक्रोश जनतामा छ । त्यहि भएर हामि विशेषगरि हेटौंडा अस्पतालको भवन त हामिले राम्रो ठुलो पाएका छौ । तर त्यहाँभित्र मुटुको,किड्नीको डाक्टरहरु स्रोतसाधनहरु प्राप्तन गर्न सकिरहेका छौ । बालबिालिका तथा वृद्वहरुको उपचार निशुल्क हुने गरिवहरुको स्वास्थ्य सेवा निशुल्क हुने व्यवस्थ गर्न हामिले सकेका छैनो । पहुँच नहुनेले उपचार नै गर्न नसकेको अवस्था हामिले धेरै देखेका छौ । हेटौंडा अस्पताललाई भौतिक रुपमा मात्रै होइन, यसलाई सबै स्रोतसाधनले राम्रो बनाउने । यहाँबाट उपचारको लागि चितवन जान नपर्ने अवस्था बनाउनको लागि हाम्रो उम्मेदवारी । शिक्षामा विश्वविद्यालय यही स्थापना गर्ने । गरिव र विपन्नको छोराछोरीले पनि यही डाक्टर, ईन्जिनियर र वकिल यही पढेर हुन पाउने व्यवस्थाको लागि पनि लागिरहेका छौ । रोजगारीको लागि हामिसँग हेटौंडामा पुरानो औद्योगिक क्षेत्र पनि छ,परिकल्पना गरेको नयाँ औद्योगिक क्षेत्र पनि छ । व्यवसायीहरुलाई पनि कर छुट दिने हो भने व्यवसाय सञ्चालन गर्न सहज हुन्छ र त्यहाँबाट रोजगारीको अवसर पनि सिर्जना हुन्छ । कृषिको कुरा गर्नुपर्दा विगतको सरकारले पहुँचवालालाईमात्रै अनुदान दिने काम गर्यो । वास्तविक किसानले नपाउने अवस्था चिर्दै वास्तविक किसानलाई अनुदान दिएर प्रात्साह गर्ने काम हामी गर्नेछौ । मठ मद्यिनर र गुम्बाहरुको संवद्र्वन गर्दै पर्यटनलाई बढाउने काम पनि हामी गर्छौ । आँखाले देखिने र छाम्दा छामिने काम गर्नेतर्फ हाम्रो ध्यान छ ।
नीति नियम बनाउने तहमा तपाईको भुमिका के हुन्छ ?
कतिपय कुराको नीति नियम निर्माण गर्न बाँकी नै छ । निर्वाचित भएर गएपछि स्वास्थ्य, शिक्षा, पर्यटन लगायत सबैको लागि नीति नियम बनाउनुपर्छ । बालबालिका र महिलाहरुको अधिकारको लागी नीति नियम बनाउन आवश्यक छ । विकास निर्माणको लागि पनि पहिला नीति नियम बनाउनु पर्छ । पहिल नीति नियम बनाएर मात्रै विकास निर्माणको काम सुरु हुन्छ । हामी बागमती प्रदेशमा विकासको लहर ल्याउने अभियानमा छौ ।
गठबन्धनमा भोट ट्रान्सफर हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
यो पवित्र खालको गठबन्धन हो । मुलुकलाई आवश्यक परेको बनेको हो । यो गठबन्धन कसैलाई चुनाव जिताउन वा हराउनको लागि बनेको होइन । कसैको व्यक्तिगत चाहनाले यो गठबन्धन बनेको होइन । पवित्र उद्देश्यले बनेको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीसँगै अन्य पार्टीका साथीहरु पनि ईमान्दारितापूर्वक लाग्नु भएको छ । यो गठबन्धन अहिले मात्रै होइन जुन बेला देशलाई अप्ठ्यारो पर्छ त्यो बेलामा यसअघि पनि बनेको थियो । शसस्त्र द्वन्द्वको बेलामा हामिले १२ बुँदे सहमतीदेखी शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा पनि हाम्रो सहकार्यको गठबन्धन थियो । देश सजिलो अवस्थामा पुगिसकेपछि हामि पहिलाको जस्तै आफ्नो उद्देश्य अनुसार आ–आफ्नो बाटोमा गएर स्वस्थ प्रतिष्पर्धामा लाग्छौ । त्यसकारण यो गठबन्धनलाई चोक चौतारामा जसले जे भनेपनि यसको पवित्र उद्देश्य छ ।
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा राजस्व र...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...


















