Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

 चमेलीको पिडा, तीलाको आक्रोस !

Image-1-(2)-1688197296.jpg

           
जयश्वर रिमाल 
असार ०५ गतेको सांझ । खोंचको विचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । छ्वाप्ल्याङ्ग ! आवाजसहित एउटा वस्तु खस्यो उनको काखमा । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगितमा अर्को कर्ड थपिएको महशुस भयो र उनी असमञ्जसमा परिन् । 
हठात् एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई निमेशभरमै दबाइ दिइन् ।श्रावणको बाढीले सृजित भेलमा । निकै तल पुग्ने गरी । पृष्ठभूमिमा सन्नाटा छाउने गरी ।
उनको हतारो हेर्दा लाग्थ्यो कि उनी त्यसैको पर्खाइमा थिइन् । उनी यसरी प्रशिक्षित छिन् कि कसैले नदेख्दै भेलमा दबाइ हाल्नु पर्छ । सायद यो उनको रीत हो । उनी यसैमा रमाउँदै आइरहेकी छिन् तर परिस्थिति भिन्न देखियो । उनी बेचैन भइन् । किनकी तीलामा निर्जिव र सजिवको भेद खुट्याउने क्षमता छ । 
यतिञ्जेल सम्म उनको स्मरणमा त्यो वस्तु चमेलीको जिउँदो शरिर ठहरिसकेको थियो । आंखा चिम्म गर्दै एकछिन सोचमग्न भइन् र आक्रोसित् हुँदै कराउन लागिन् । आज पनि मलाई आरती जगाउन दिएनौ हगि ? 
उनी यत्तिमा रोकिइन् । दबिएको स्वरमा चिच्याउन लागिन् । मेरो इतिहास बिगार्ने तिमीहरु नै हौ । आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि बारबार मलाई पापको भारी बोकाउने ?आफूलाई धर्तीको सर्वश्रेष्ठ प्राणी ठान्छौ तर तिमीहरुको चेतना यहि हो त ? समग्र मानव जातीलाई उनी बेपर्वाह गाली गर्न लागिन् ।
                                              आँ⁓माँ⁓...! 
यसैबिच नेपथ्यमा बालिका च्यांठ्ठिएको आवाज गुञ्जियो । चमेलीकी छोरीको आवाज थियो । भिमकाय पहाडमा ठोकिएर उनको आवाज निकै लामो समयसम्म प्रतिध्वनित भइराह्यो । तीलाले उक्त आवाजलाई पछ्याउन लागिन् । उनको स्मरणमा साथमा अर्की सानी नानी र कुप्री परेकी बुढी आमा समेत देखा परिन् । 
उनमा असह्य पिडाबोध भयो । दुबै हात टाउकोमा राखिन् र बरबराउन लागिन् ।
हे चमेली ! मैले थाहा पाएँ कि तिम्रो गोठभरी भोका पशु छन् । कतिवेला आमा आई माम पकाई खुवाउनु हुन्छ भन्ने आशामा दैलो कुरी बसेका तिम्रा लालाबाला पनि छन् । तिमीहरुको भविष्यको सुखको लागि मुगलान पसेका तिम्रा मालिक कहिले दशै आउला र घरमा फर्कि जाउँला भनेर पर्खिरहेका छन् । अधबैंशे उमेरमै श्रीमानले छोडी गएकी तिम्री बुढी सासु आमालाई तिम्रो स्याहारको खाँचो पनि छ । उनी भावुक हुदै चमेलीलाई सम्झाउन लागिन् । 
कति बेहोसी भाकी तिमी ! तिम्रो घाँसको भारी तिमी हिड्ने बाटोमा अटाउँदैन भन्ने पनि हेक्का गरिनौ । अनि सुन, म त्यति अकल्पित छैन जति वर्षाको खहरे छ । मेरो स्वर त्यति कर्णप्रिय छैन जसमा तिमी बहकिन सक्छौ । मेरो संगित त्यति सुमधुर छैन जसमा तिमी बगिरहन सक्छौ । मेरो शब्द त्यति ओझिलो छैन जसले तिमीलाई बहकाउन सक्छ ।  अनि म यति बिरानो पनि त छैन जसलाई तिमीले आफ्नो स्मरणबाट हटाउन सक्छौ । 
केहि सम्हालिदै भन्द लागिन् । तिमी मेरो साथमा आइहाल्यौ । अब फर्किन पनि सक्दिनौ । अरुलाई भने मेरो काखमा नआउनु भन है । म चाहन्छु, मेरो स्वासले कसैलाई नभेटोस् । मेरो कर्कस संगितले कसैलाई आकर्षित नगरोस् । अनि मेरो बिरक्तीको भाकामा कसैले आनन्द नलियोस् । 
मलिन आवाजमा यति भन्दै तीला शान्त भईन् । उनको आवाज त्यही कर्कस ध्वनीमा बिलाउँदै गर्दा अघिको त्यो वस्तु (चमेलीको मृत शरिर) केहि पर बग्दै गरेको देखा पर्यो । यति बेला सम्म नदी किनारामा केहि मानिसहरु भेला भइसकेका थिए । सबैको ध्यान शवलाई पाखा लगाउने र  रीतपूर्वक नष्ट गर्न मै केन्द्रित रह्यो । 
परिवारमा चमेलीको अभाव त कसले पूर्ति गर्न सक्थ्यो र ! फगत आश्वासनका शब्दहरुले घटना प्रभावितको मन शान्त गराउन भने म पनि सामेल भएको थिएँ । राती सपनामा ऐंठन भयो । रातभरी तीला आइरहिन् मेरो स्मरणमा । अनि रातभरी नै मलिन आवाजमा उनको चिन्ता र बाध्यता सुनाइरहिन् । 
बाटो गहिरिंदै जाँदा बढेको खोंचसँगै चट्टानबिच उनको स्वर भासिएको रहेछ । कोइली झैं मधुर धुनमा सुसेल्ने उनको चाहना सदियौंदेखि दबिएकोमा उनी दुःखी रहिछन् । अस्वाभाविक भु–बनोटले उनको मधुर स्वरमा अप्राकृतिक रिमिक्स गरेकोमा असन्तुष्ट उनले आफ्नै स्वरमा पहिचान स्थापित गर्दै निस्फिक्री गाउने चाहना राखेकी रहिछन् । यस्तो परिवेशले आफ्नो एकल गायनलाई प्रतिबन्धित गरेको कुण्ठा पालेर बसेकी उनले न्युनतम् मानवीय सचेतना समेत नदिई आफूलाई पापको भारी बोकाएकोमा गम्भिर असहमति रहेको कुरा दर्शाइरहिन् । 
                                                   
# लेखक नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र कालिकोट प्रहरी प्रमुख हुनुहुन्छ 

Image-1-(4)-1688197336.jpg
Image-1-1688197337.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

थप समाचार