Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

धर्म संस्कृतिको जगेर्ना र विकासमा महायज्ञले सहयोग गर्छ: बानियाँ

Screenshot_20250219_17434-1739968712.jpg

७ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा बुधबारदेखि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले धर्मले सबैलाई सत्य र ठिकको बाटोमा हिड्न प्रोत्साहित गर्ने बताउँदै धर्मको आडमा राजनीति गर्न नहुने बताए । उनले धर्म संस्कृतिको जगेर्ना र विकास निमार्णमा महायज्ञले सहयोग गर्ने बताउँदै सबैलाई आफ्नो 
गच्छे अनुसार दान गर्न अनुरोध गरे । उनले आफु यसअघिदेखि नै शान्तिटोलको विकासमा जोडिइरहेको बताउँदै विपी गणेशमान स्मृति शान्ति पार्कमा निर्माण हुने राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र भवनलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा-६ वडाका अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, नेकपा एमाले हेटौंडा-६ का वडा अध्यक्ष विश्वराज राई, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईं, टोल विकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, हेटौंडा-६ का राजनीतिक दल, संघसंस्था, सहकारी, टोल विकास, धार्मिक संघसंस्था लगायतका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
महायज्ञ समुद्घाटन अघि शान्तिटोलबाट शुरू भएको कलश यात्रा बंशगोपाल मन्दिर पुगी पुनः शान्तिटोल महायज्ञस्थल आएको थियो ।
शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

IMG-20250219-WA0000-1739968864.jpg
IMG-20250219-WA0005-1739968865.jpg
IMG-20250219-WA0006-1739968865.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार