Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

मनहरी गाउँपालिका

मनहरीले बनायो आफ्नै स्रोतबाट ५ वटा मोटररेवल पुल

Screenshot_20250613_21183-1749828936.jpg

३० जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पाँचवटा मोटररेवल पुल निर्माण गरेको छ। 

गाउँपालिकाले करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको गरेको हो। गाउँपालिकाको लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुल गत वर्ष  सम्पन्न भइसकेको छ भने बाँकी २ वटा पुल भोलि जेठ ३१ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।
गत वर्ष सम्पन्न ३ वटा मोटररेवल पुलको बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।

बानियाँको निर्वाचन क्षेत्र समेत रहेको मनहरी–३ मा रहेको ठाडोखोला र हाँडीखोला पुलको भोलि शनिबार नेता बानियाँले नै उद्घाटन गर्ने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन् । ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो भने भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी हाँडीखोला पुल निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो ।

तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।

सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । पालिकाको आफ्नै स्रोतबाट निर्माण भएको पुलले  मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष कालाखेतीले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...

आईजीपी खापुङले आयोगलाई जवाफ पठाए
Chandr-kuber-khapung-1762478171.gif

२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1762478008.jpg

२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...

आइजिपी खापुङसंग स्पष्टीकरण माग
Chandr-kuber-khapung-1762395994.gif

२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...

थप समाचार