Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरीको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना

500cb71b-e0c8-4712-825d-c-1766803189.jpg

१२ पुस, हेटौँडा ।  मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न वडाहरुलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।  जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा परेको असर, मौसममा भइरहने उतारचढाब, हिमालमा हिउँ नपर्नु लगायत विश्वब्यापी उष्णता कार्बन उत्सर्जन, कार्बन मनोअक्साईडले स्वास्थ्यमा पारेको असर आदिको बारेमा कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुलाई समेटेर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । 
मनहरी गाउपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा स्तरीय जलवायू परिवर्तन÷प्रभाव न्यूनीकरण कार्यक्रम भएको हो । सचेतनामूलक कार्यक्रम वडा नं ६,७ र ८ लाई समेटेर पुस ८ गते ७ नम्बर वडामा, वडा नं ३, ४, ५ र ९ लाई समेटेर वडा नं ३ मा पुस ९ गते र वडा नं  १ र २ को वडा नं १ मा पुस ११ गते कार्यक्रम गरिएको हो ।
 वन, वातावरण समितिका संयोजक एवम् वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नं का वडा नं १ का वडा  अध्यक्ष शिव प्रसाद खनाल, वडा नं ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल  साथै कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वन, वातावरण शाखाका प्रमुख साथै फोकल पर्सन  अधिकृत ज्ञानेन्द्र ढकालले सहजीकरण गरेको कार्यक्रममा राप्ती वन डिभिजन कार्यालयका वन अधिकृत समुन्द्र खनालले प्रशिक्षण प्रदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार