१३भदौ,हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको पहिचानका लागि शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी प्रणाली लागू हुने भएको हो।
नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको जनाइएको छ । शुक्रबार पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यक्रम सञ्चालन बारेको जानकारी पत्र हस्तान्तरण गरेका छन् । रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो कार्यक्रम लागु हुनेछ भने बागमती प्रदेशमा ८ वटा स्थानीय तह समेटिएका छन् ।
यो कार्यक्रम पालिकामा कार्यक्रम कार्यान्वयनको लागि प्रत्यक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने कायक्रम कार्यान्वयन गराउने संस्था पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत लामिछानेले बताए । महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगिने जनाइएको छ ।
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...
२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...
२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...
२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...
७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...














-1761633654.jpg)


