७ साउन,हेटौंडा। मकवानपुरकाे मनहरी गाउँपालिकाले बाली बिमा गर्न कार्यको सुरुवात गरेकाे छ । बुधबार दिउँसो मनहरी गाउँपालिका वडा नम्बर ७बाट बाली बिमा कार्यक्रम सुरु गरिएकाे हाे ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे धानबालीकाे बिमा गरी कार्यक्रम सुरु गरिएकाे हाे । अहिले धानबालीकाे सिजन भएकाले धानबालीकाे बिमा गर्न सुरु गरिएकाे र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतकाे बिमा गरिने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन्।
अन्नबालीमा किरा तथा अन्य राेगकाे प्रकाेपलगायतका कारण अन्न उत्पादन नहुने कारण किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नाेक्सानीकाे क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यश वर्षबाट बाली बिमा कार्यक्रम सुरु गरेकाे गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिएका छन्।
बालीबिमाका लागि गाउँपालिकाले शिखर ईन्स्यारेन्ससँग सम्झाैता गरि कार्य थालनी गरिएकाे हाे । धानबाली बिमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेकाे थियाे । सबै वडा कार्यालयहरुमार्फत बाली बिमा गरिने गाउँपालिकाले जनाएकाे छ । बाली बिमा गर्दा कुल बिमाङ्क रकमकाे ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहाेर्नुपर्नेछ । बाली बिमाकाे २० प्रतिशत बिमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानकाे बिमाङ्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएकाे अध्यक्ष कालाखेतीले बताए ।
बाली बिमा सुरु भएसँगै अब अन्नबालीमा राेग किराकाे प्रकाेप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने गाउँपालिका उपाध्यक्ष सीता पुलामीले विश्वास व्यक्त गरिन्।आगामी दिनमा अन्य अन्नबाली र तरकारी बिमाकाे कार्यक्रमलाई पनि अघि बढाइने उनले बताइन् ।
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...
२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...
२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...
२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...
७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...














-1761633654.jpg)


