१२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले जित हात परेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन, पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन प्रहार गरे ।
ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तिर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो ।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ब्याटिङमा लय समात्न सकेन । पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख डक आउट भए । पहिलो ओभरकै पाँचौ बलमा शुभ कंशकार आउट भए ।
जनकपुरका वेन पर्नेले ५० रन जोडेर आउट भए । सञ्जय कृष्णमूर्तिले २५ रन जोडे । ओपनर माज सदाकत १४ रन जोडे । ललित राजवंशीले १० रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।
बलिङमा पोखराका विपीन खत्री चम्किए । उनले आशिफ शेख, अनिश शाह, शुभ कंशाकरसहितका ब्याटरलाई आउट गर्दै चार विकेट लिए । सुमीतको बलिङ पनि आजको खेलमा चल्यो । उनले ओपनर माज सदाकत र सुरुवाती क्रममा ब्याटर जान निकोल लोफ्टी-इटनको विकेट लिए । कुशल भुर्तेल र जेम्स निशमले १/१ विकेट लिए ।
आकाश चन्द पोखराका खर्चिला बलर बने । उनले १ ओभर बलिङ गर्दा १२ रन खर्चिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















