Google Photo
सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन् । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भएतापनि कानुनी रुपमा यो बर्ष चुनौतिपूर्ण बन्यो ।
यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको हो । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको थियो ।
सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासंघको अनुगन इकाइमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन् ।
पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । त्यसैगरि एक जना पत्रकार वेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का २०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका हुन ।
त्यसैगरी यो अवधिमा ६ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको छ ।
राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भिइआइपिको आगमनका क्रममा तथा संसदिय समितिहरुको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिने काम भएको छ भने जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुव्र्यवहार, धम्की र आक्रमण समेत भएको अभिलेख छ ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी यी सबैखाले घटनाको कडा भत्र्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसंग माग गर्दछ ।
सन् २०१८ मा प्रेस स्वतन्त्रता हननका घटनाहरु निम्न रहेका छन् ।
क्र.स घटना प्रकृति घटना संख्या
१ पत्रकार आक्रमण १५
२ धम्की १३
३ दुव्र्यवहार १२
४ पत्रकार पक्राउ ६
५ समाचार संकलनमा अवरोध ६
६ नितिगत बन्देज १
७ सञ्चार संस्था तथा पत्रपत्रिका कब्जा ४
८ पत्रकार वेपत्ता १
कुल घटना ५८
स्रोत : नेपाल पत्रकार महासंघ , सञ्चार अनुगमन ईकाइ
रेमबहादुर विश्वकर्मा
सचिव तथा प्रेस स्वतन्त्रता अनुगमन समिति
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















