Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

म्याराथन दौडको तयारी तीव्र

how-to-draw-a-man-running-1479047248.gif

२८ कार्तिक, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ ।

मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथनको दौडको तयारीलाई तीव्रता दिइएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य कम्तीमा ५ जना राष्ट्रिय खेलाडीले दौडमा भाग लिने छन् । ‘प्रतियोगिताको शोभा बढाउनका लागि हामीले विभिन्न स्कूलका विद्यार्थी तथा अन्य सर्वसाधारणलाई पनि दौडमा सहभागी हुन अनुरोध गरेका छौं’, पाण्डेले भने, ‘सुरुवातीमा कम्तीमा २ सय जनाले दौडमा भाग लिने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमश : ५० हजार, २५ हजार, १५ हजार र ५/५ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याराथनका विजेताहरुलाई महोत्सवको उद्घाटनको क्रममा हुने शोभायात्रामा गाडीमा राखेर हेटौंडा बजार परिक्रमा समेत गराइने छ ।

म्याराथनमा सहभागी हुने खेलाडी मेलास्थल भूटनदेवी मन्दिर रोडको गेडबाट दौडिन सुरु गरी सोलिड्यारिटी बोर्डिङ, मेनरोड हुँदै फरेष्ट्रि गेट अगाडीबाट पूर्वपट्टि, सत्यम जेभियर्स बोर्डिङको उत्तरतर्फ ओम चलचित्र मन्दिर हुँदै कान्तिराजपथ चौघडा टेम्पोपार्कबाट बुद्धचोक हुँदै राप्तिरोड, थानाभर्याङ, नवलपुर, बसामाडी, लेवट, बस्तीपुर, सानान्टार, रजैया, खरङ्गाको नमूना पशु फारम (हाइड्रो मेकानिक उद्योग अगाडि)बाट कुपन लिइ फर्किनुपर्नेछ । खरङ्गाबाट सोही रुट हुँदै बुद्धचोकसम्म आइपुग्नुपर्ने बताइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार