२८ कार्तिक, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ ।
मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथनको दौडको तयारीलाई तीव्रता दिइएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य कम्तीमा ५ जना राष्ट्रिय खेलाडीले दौडमा भाग लिने छन् । ‘प्रतियोगिताको शोभा बढाउनका लागि हामीले विभिन्न स्कूलका विद्यार्थी तथा अन्य सर्वसाधारणलाई पनि दौडमा सहभागी हुन अनुरोध गरेका छौं’, पाण्डेले भने, ‘सुरुवातीमा कम्तीमा २ सय जनाले दौडमा भाग लिने हाम्रो अपेक्षा छ ।’
उनका अनुसार प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमश : ५० हजार, २५ हजार, १५ हजार र ५/५ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याराथनका विजेताहरुलाई महोत्सवको उद्घाटनको क्रममा हुने शोभायात्रामा गाडीमा राखेर हेटौंडा बजार परिक्रमा समेत गराइने छ ।
म्याराथनमा सहभागी हुने खेलाडी मेलास्थल भूटनदेवी मन्दिर रोडको गेडबाट दौडिन सुरु गरी सोलिड्यारिटी बोर्डिङ, मेनरोड हुँदै फरेष्ट्रि गेट अगाडीबाट पूर्वपट्टि, सत्यम जेभियर्स बोर्डिङको उत्तरतर्फ ओम चलचित्र मन्दिर हुँदै कान्तिराजपथ चौघडा टेम्पोपार्कबाट बुद्धचोक हुँदै राप्तिरोड, थानाभर्याङ, नवलपुर, बसामाडी, लेवट, बस्तीपुर, सानान्टार, रजैया, खरङ्गाको नमूना पशु फारम (हाइड्रो मेकानिक उद्योग अगाडि)बाट कुपन लिइ फर्किनुपर्नेछ । खरङ्गाबाट सोही रुट हुँदै बुद्धचोकसम्म आइपुग्नुपर्ने बताइएको छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















