Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इन्टरनेट अध्यक्षद्वारा ४ जनालाई छात्रबृत्ति

१ मंसिर,  हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् ।

श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना विद्यार्थीका लागि एकवर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

बालबोधमा अध्ययनरत् बिष्णुमाया श्रेष्ठ, मीना तिमल्सिना र प्रतिमा सुवेदीलाई एकमुष्ट २५ हजार तीनसय ५० तथा सिटी कलेजमा अध्ययनरत शेलेष ढकाललाई एकवर्षको मासिक शुल्कबापतको १२ हजार रूपैयाँ गरी ३६ हजार तीनसय ५० रुपियाँ छात्रबृत्ति बापत प्रदान गर्न लागेको उनले बताए ।

उनले विद्यालय तथा कलेजको बार्षिक अभिभावक भेलाको समयमा रकम विद्यालयका शिक्षक तथा अभिभावकको बीचमा प्रदान गर्ने तयारी गरेका छन् । ‘पैसाकै अभावमा पढाई रोकिन्न हुन्न भन्ने मान्यताका साथ मैले सानो सहयोग गर्न लागेको हुँ । आगामी दिनमा पनि मेरोतर्फबाट सहयोग जारी रहनेछ’, उनले भने ।

उनका अनुसार खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएपनि  शैक्षिक क्षेत्रमा भने पहिलो पटक सहयोग उपलब्ध गराउन लागिएको हो । ‘अब खेलसँगै शिक्षालाई पनि अगाडि बढाइनेछ’, उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार