Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

इन्टरनेट अध्यक्षद्वारा ४ जनालाई छात्रबृत्ति

१ मंसिर,  हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् ।

श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना विद्यार्थीका लागि एकवर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

बालबोधमा अध्ययनरत् बिष्णुमाया श्रेष्ठ, मीना तिमल्सिना र प्रतिमा सुवेदीलाई एकमुष्ट २५ हजार तीनसय ५० तथा सिटी कलेजमा अध्ययनरत शेलेष ढकाललाई एकवर्षको मासिक शुल्कबापतको १२ हजार रूपैयाँ गरी ३६ हजार तीनसय ५० रुपियाँ छात्रबृत्ति बापत प्रदान गर्न लागेको उनले बताए ।

उनले विद्यालय तथा कलेजको बार्षिक अभिभावक भेलाको समयमा रकम विद्यालयका शिक्षक तथा अभिभावकको बीचमा प्रदान गर्ने तयारी गरेका छन् । ‘पैसाकै अभावमा पढाई रोकिन्न हुन्न भन्ने मान्यताका साथ मैले सानो सहयोग गर्न लागेको हुँ । आगामी दिनमा पनि मेरोतर्फबाट सहयोग जारी रहनेछ’, उनले भने ।

उनका अनुसार खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएपनि  शैक्षिक क्षेत्रमा भने पहिलो पटक सहयोग उपलब्ध गराउन लागिएको हो । ‘अब खेलसँगै शिक्षालाई पनि अगाडि बढाइनेछ’, उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1742086801.jpg

३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको मौसम...

पेट्रोलमा ५,डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो
Petrol-Pump-1742050256.jpg

२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...

अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट' हुने
Screenshot_20250315_06253-1741999240.jpg

२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने
yamale-media1616509251-16-1741999006.jpg

२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1741998660.jpg

२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार