Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

राष्ट्रिय म्याराथनमा आर्मीका खत्री प्रथम

20161117_094455-1479371755.jpg

 

२ मंसिर, हेटौँडा । सुमन भोजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा बिहिबार सम्पन्न राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा नेपाल आर्मीका राजन खत्री पहिलो भएका छन् ।मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा भएको दौडमा २ सय ५० जनालाई पछि पार्दै खत्री पहिलो भएका हुन् ।
खत्रीले २ घण्टा ३१ मिनेट ४२ सेकेण्डमा आफ्नो दौड पुरा गरेका थिए । प्रतियोगितामा आर्मीकै नवराज साउनले २ घण्टा ३४ मिनेट १२ सेकेण्डमा दौड पुरा गरी दोस्रो, सशस्त्रका जितेन्द्र राईले २ घण्टा ३८ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए । त्यसैगरी, केन्यन धावक गटिया पिटर मंगिया २ घण्टा ४१ मिनेट ५६ सकेण्डमा दौड पुरा गरी चौथो भए भने  विवेक चेपाङले ३ घण्टा ३१ मिनेटमा दौड पार गर्दै पाँचौ भए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमश : ५० हजार, २५ हजार, १५ हजार र ५/५ हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ राष्ट्रिय धावकको सहभागिता रहेको थियो ।

भुकम्पमा परी निधन भएका पत्रकार सुमन भोञ्जनको स्मृतिमा बर्षेनी हुने फुटवल प्रतियोगिताका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले विहिबारदेखि राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार