Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कुस्तीमा बीरगञ्जका सुमिर विजयी

20161125_135051-1480072343.jpg

१० मंसिर, हेटौँडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा भएको कुस्ती प्रदर्शनीमा वीरगञ्जका सुमिरकुमार शाह विजयी भएका छन् । शुक्रबार उनले फाइनल भिडन्तमा भारतका सुलिन सहनीलाई पराजित गरेका हुन् । दक्षिण कोरियामा भएको एसियन गेम २०१४ र १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा
नेपालको तर्फबाट सहभागी भएका शाहले विजयी भएसंगै नगदसहित पुरस्कार प्राप्त गरेका छन् । मकवानपुरमा पहिलो पटक आयोजना भएको कुस्ती खेल हेर्न अवलोकनकर्ताहरुको भीड लागेको थियो । कुस्ती तर्फ १८ जना खेलाडी सहभागी भएकोमा १५ जना भारतीय र ३ जना नेपाली खेलाडी रहेका थिए । यस्तै महिलाको कुस्ती समेत प्रस्तुत गरिएको प्रतिष्ठानका प्रथम उपाध्यक्ष एवम् खेलकुद समितिका संयोजक सविन भट्टाचार्यले जानकारी दिए ।

‘मकवानपुरमा कुस्तीको खेल पहिलो पटक आयोजना गरिएकोले पनि हुनसक्छ यसलाई धेरैले खुब चाखले हेरेको पाइयो’ प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले भने, ‘मेलामा अब फुल कन्ट्याक्ट कराँते र एपीएफ तथा न्यू डायमण्ड क्लवको मैत्रीपूर्ण भलिबलको खेल बाँकी रहेको छ ।’ मंसिर २ गतेबाट सञ्चालन भएको राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सव १३ गतेसम्म सञ्चालन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार