Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी

१२ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव अन्तरगत अाईतबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको छ ।

सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबबीच भएको महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको हो । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रस्तुत गरिएको थियो ।

२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका भलिबलको मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा महिला भलिबल खेल प्रस्तुत गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘हामीले यस महिला भलिबललाई स्वर्गीय केशवलाल श्रेष्ठको सम्मानको लागि गरेका हौं’ उनले भने, ‘शो म्याचको रुपमा रहेको यस भलिबललाई सबैले मन पराएका छन् ।’

सहभागी दुवै टिमका खेलाडी एवम् प्रशिक्षकहरुलाई महोत्सवको मञ्चमा सम्मान सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । खड्गीगीको अध्यक्षतामा भएको भलिबल खेलको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, महोत्सवको खेलकुद संयोजक सबिन भट्टाचार्यलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार