Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

हेटौंडामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी

१२ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव अन्तरगत अाईतबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको छ ।

सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबबीच भएको महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको हो । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रस्तुत गरिएको थियो ।

२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका भलिबलको मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा महिला भलिबल खेल प्रस्तुत गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘हामीले यस महिला भलिबललाई स्वर्गीय केशवलाल श्रेष्ठको सम्मानको लागि गरेका हौं’ उनले भने, ‘शो म्याचको रुपमा रहेको यस भलिबललाई सबैले मन पराएका छन् ।’

सहभागी दुवै टिमका खेलाडी एवम् प्रशिक्षकहरुलाई महोत्सवको मञ्चमा सम्मान सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । खड्गीगीको अध्यक्षतामा भएको भलिबल खेलको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, महोत्सवको खेलकुद संयोजक सबिन भट्टाचार्यलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार