१५ असार, हेटौँडा । सरकाले ढुवानीको भाडामा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले आफुहरु समस्यामा परेका बताएका छन् । यातायात व्यवसायीले गर्ने ढुवानी भाडामा १३ प्रतिशत भ्याट लाग्ने सरकारको नीतिगत निर्णय अव्यवहारिक रहेको उनीहरुको गुनासो छ ।
शनिबार हेटौंडामा भएको व्यवसायीहरुको भेलामा ई–लकिङ ढुवानी व्यवस्था, ढुवानी भाडामा भ्याट, करको नयाँ व्यवस्था, भारतीय सवारी साधनको अतिक्रमण, दुर्घटना आदि कारणले यातायात व्यवसायी व्यवसायबाट पलायन हुने खतरा बढेको उनीहरुले बताएका छन् ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा व्यवसायीहरुले ढुवानी व्यवसायमा गरिएको लगानीको सुरक्षणको माग समेत गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष रहेका श्रेष्ठले ७० प्रतिशत ढुवानी व्यवसायी स्वरोजगार मजदुर रहेका कारण ढुवानी भाडामा भ्याट लगाउँदा पेशागत जटिलता सृजना हुने बताए ।
संघका पूर्बअध्यक्ष बद्रीपसाद चौलागाईले सरकारले गरेको नयाँ व्यवस्थाले भारतीय ट्रकहरुले नेपालमा मालसामान ढुवानी गर्ने वातावरण सहज गरेको तर, नेपाली व्यवसायीलाई अप्ठयारोमा पारेको बताए ।
यस्तै सार्बजनिक सवारी व्यवसायमा निजी क्षेत्रले गरेको अर्बौ रुपैयाँको लगानी जोखिममा परेको संघका महासचिव सरोज खनालले बताए । मालसामान ढुवानी गर्ने मौजुदा साधनले हालको अवस्थामा एक तिहाई मात्र काम गरिरहेको खनालको भनाई छ ।
बर्तमान सरकारले गरेको व्यवस्था अनुसार सवारी साधनले बैंक व्याज तिर्न पनि नसकेर व्यवसाय नै संकटमा परिरहेको व्यवसायीहरुको गुनासो छ ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







