Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बानियाँद्वारा कामधेनु सहकारीको भवन उद्घाटन

Kamdhenu-1563294291.jpg

३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि विकासमा सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विकासमा आफुले कहिले पनि पक्ष विपक्षको दृष्टिकोणले नहेर्ने बताए । आफुले विकासमा सबैसंग सहकार्य गरिरहेको र अगामी दिनमा पनि गर्ने भन्दै सहकारीको मूल उद्धेश्य नै सहकार्य रहेको बताए । कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने नेता बानियाँसहित दाताहरुलाई सम्मान समेत गरिएको थियो । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, जिल्ला बहुद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधेनुका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु अर्याल, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, नौलो विहानी कृषि सहकारी संस्थाका उपाध्यक्ष भरत सापकोटा, कामधेनुका सल्लाहकार उदय विडारी, उपाध्यक्ष उदयप्रकाश दाहाल, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले साढे ९ धुर जग्गामा २७ लाख रुपैँयाको लागतमा एक तल्ले पक्की भवन बनाएको छ । जसमध्ये १७ लाख रुपैँया सरकारी निकाय, जनप्रतिनिधि, विभिन्न संघसंस्था, व्यक्ति र शेयर सदस्यहरुबाट आर्थिक सहयोग जुटाएको छ । भवन निर्माण भएपछि संस्थालाई आगामी दिनमा बहुद्देश्यीय काम गर्न सहज भएको संस्थाले जनाएको छ । ५ सय जना शेयर सदस्य रहेको संस्थाले २ करोड रुपैँया कारोबार गरिरहेको छ ।

Kamdhenu1-1563294292.jpg
Kamdhenu2-1563294292.jpg
Kamdhenu3-1563294293.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

थप समाचार