Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

'सडक विस्तार गर्दा कम क्षति हुने उपाय खोज्नु जरुरी छ'

Mahendra-Raut-1483619421.jpg

महेन्द्र राउत
महासचिव
मकवानपुर उद्योग बाणिज्य संघ

बर्षौदेखि चर्चा रहेको हेटौँडामा २५ मिटर सडक विस्तारको काम एक साता अघिबाट शुरु भएको छ । यसले हेटौँडामा ठूलो तरंग ल्याएको छ । सरकारी कार्यालयका संरचना भत्काएसँगै प्रशासन नीजि संरचना भत्काउनतर्फ तयारीमा जुटेको छ । यसले गर्दा हेटौँडा बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । सडक विस्तार र व्यवसायिक समस्यामा केन्द्रित रहेर प्रष्टखबरले मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतसँग अन्तरवार्ता गरेको छ ।

हेटौँडामा सडक विस्तारको काम शुरु भएको छ, व्यवसायिक संस्थाको दृष्टिकोणले यसलाई कसरी हेर्नु भएको छ ?

सडक विस्तारबारे मकवानपुर उद्योग बाणिज्य संघले बर्षौ अघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । हेटौँडा बजारको अवस्था हेर्दा २५ मिटर सडक विस्तारले ठूलो आर्थिक क्षति हुनेमात्रै होइन बजारको स्वरुपमा ठूलो क्षति पुग्छ । त्यसैले हामीले बर्षौदेखि यसको विकल्पमा विभिन्न अवधारणा प्रस्तुत गरेका छौं । उद्योग बाणिज्य संघले बाईपास सडक विस्तार गरी हेटौँडा बजारको संरचना सुरक्षित गर्ने अवधारणा प्रस्तुत ग¥यौं र यसमा लगानी समेत भएको छ । दोस्रो विकल्पको रुपमा बजार क्षेत्रका संरचना भत्काउने भए उचित क्षतिपूर्तिसहितको प्रस्ताव अघि बढायौं । सबै विकल्पबारे माथिल्लो तहमा सहमतिको प्रयास जारी रहेको अवस्थामा एक साता अघि सरकारी कार्यालयका संरचना भत्काई १५ दिने सूचना निकालेर आतंकित पार्ने काम भएको छ ।

सडक विस्तारको काम त शुरु भईसक्यो, अब कुनै विकल्प बाँकी छ ?

अझै पनि विकल्प बाँकी रहेको मैले देखेको छु । सरकारले २५÷२५ मिटरको अवधारणा अघि सारेको छ । यसले करोडौंको क्षति भई धेरैजना घरबारविहिन र व्यवसायीहरु विस्थापित हुने अवस्था छ । यसलाई कम गर्न उचित क्षतिपूर्ति उपलव्ध गराई १५÷१५ मिटर कायम गर्ने र व्यवस्थापनका लागि घरधनी र व्यवसायीलाई पर्याप्त समय उपलव्ध गराउन सकिन्छ । यसले अहिले सिर्जना भएको आंतक केही कम हुन्छ भन्ने हाम्रो अवधारणा हो । यसबारे केन्द्रबाट कार्यदल समेत गठन भई काम भईरहेको अवस्थामा रहेपनि अहिलेको अवस्थाले परिस्थिति विग्रिएको छ । अहिले पनि उद्योग बाणिज्य संघको टोली केन्द्रमा अहिलेको अवस्था अन्त्यका लागि डेलिगेशनमा छ । सबै विकल्पबारे मकवानपुर उद्योग बाणिज्य संघले जिल्लास्थित राजनैतिक दल, प्रशासनिक निकाय र केन्दीय तहसम्म लविङ गरिरहेको छ । आशा छ, हामी यसमा सफल हुने छौं ।

अहिले सडक विस्तार गर्दा के समस्या देख्नु हुन्छ ?

धेरै समस्या छ । हेटौँडा बजारका सडक दायाबायाँ हजारौं व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । कयौं परिवार आश्रित छन् । छोटो समयमा स्थानान्तरण हुनु चुनौतिपूर्ण छ । राज्यले जनतालाई दुःख दिन होइन सेवा गर्ने हो, त्यसैले छोटो समयको सूचना जारी गरेर त्रास उत्पन्न गर्नु राज्यको गैरजिम्मेवारीपन हो । बजार नै स्थानान्तरण गर्ने हो भने सबै व्यवसायीले कोठा पाउने अवस्था छैन । त्यसमाथि नयाँ ठाउँमा स्थानान्तरण हुन खोज्दा चर्को भाडा माग भईरहेको छ । सबैतर्फबाट व्यवसायीलाई अठ्याउने काम भएको छ । मकवानपुर उद्योग बाणिज्य संघले यसबारेमा आवाज उठाईरहेको छ । अन्तिम अवस्थामा हामी गम्भिर ढंगको संघर्षमा उत्रन बाध्य हुने छौं । विस्थापित पक्षलाई स्थापित गर्न पनि राज्यले गम्भिर चासो दिनु जरुरी छ ।

स्थानीय प्रशासनसँग मकवानपुर उद्योग बाणिज्य संघको के अपेक्षा छ ?

स्थानीय प्रशासनसँग हाम्रो एकमात्रै आपेक्षा भनेको अहिले जसरी हेटौँडा बजारलाई आतंकित पार्ने काम भईरहेको छ, यसलाई बन्द गर्नुप¥यो । संघलाई विकास विरोधी संस्थाको रुपमा प्रस्तुत गर्न खोजिदैछ, संघ विकासको पक्षमा छ । तर समन्वयका आधारमा काम गर्न सके सबै पक्षको हित हुन्छ भन्ने हाम्रो भनाई हो । जिल्लाका राजनैतिक दलले पनि उचित क्षतिपूर्ति र समयका लागि अपिल गरिरहेको सन्दर्भमा, मकवानपुर उद्योग बाणिज्य संघले पनि समान धारणा धेरै अघि राखेको छ । यही विषयमा प्रशासन, राजनैतिक दल, संघ र नागरिक समाजबीच समन्वय भए अहिलेको जस्तो गम्भिर अवस्था आउने छैन । अन्यथा भोली यसले अकल्पिनिय रुप लिन सक्छ, यो सबैको हितमा नहुन सक्छ ।

यो अवस्थामा संघको स्वर्ण महोत्सव कसरी मनाउनुहुन्छ ?

हामी मकवानपुर उद्योग बाणिज्य संघको ५० बर्षको इतिहासलाई गौरवपूर्ण ढंगबाट मनाउने तयारीमा जुटिरहँदा अहिले हेटौँडा त्रासमा छ । यसले हाम्रो उत्साहमा केही कमी आएको पक्कै पनि हो । तर हामी व्यवसायिक हितका लागि संघर्ष र स्वर्ण महोत्सवलाई एकसाथ अघि बढाउँछौं । व्यवसायीहरुको अधिकारका लागि लड्दै ५० बर्ष पुगेको यो अवसरमा अधिकारका लागि एकतावद्ध भएर अघि बढ्न र स्वर्ण महोत्सवलाई भव्यरुपमा मनाउन व्यवसायीहरुमाझ आग्रह गर्दछु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार