मुकेशकुमार सिंह (प्रहरी उपरीक्षक)–जिल्ला प्रहरी कार्यालय मकवानपुर
२०७६ सालको वडादशैँ आजबाट प्रारम्भ भएको छ । आज घटस्थापना, दशैको पहिलो दिन, आजबाट नौरथा सुरु भएँसगै शक्तिपिठहरुमा भक्तजनहरुको, बसपार्कमा यात्रुहरुको र बजारमा सर्वसाधारण भिडभाड बढ्दै जान्छ । चाडपर्वको समयमा आपराधिक घटना बढि हुने गरेको छ र शान्ति सुरक्षाका दृष्ट्रिकोणले प्रहरीलाई चुनौति पनि रहने गर्दछ । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरीले मकवानपुरमा कस्तो रणनीति बनाएको छ भन्ने बारेमा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसंग प्रष्ट खबरका प्रमुख संवाददाता सुनिल शिवाकोटीले कुराकानी गरेका छन् । त्यसको सारसंक्षेप ।
मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा रणनीति कस्तो तयार गरेको छ ?
सर्वप्रथम त सम्पूर्णमा विजयादशमीको शुभकामना । आज (आइतबार)बाट नेपालीको घरदैलोमा दशैंको आगमन भईसकेको छ । शक्तिपिठ, यातायात र बजार क्षेत्रमा भिडभाड र सवारी चापले अरु बेलाको भन्दा घटना, दुर्घटना बढ्ने गर्दछन् । चोरी, लुटपाटका घटना पनि यही समय बढि हुन सक्ने भएकाले मकवानपुर प्रहरीले भिडभाड हुने स्थान जस्तै मन्दिर, बैंक र वित्तीय संस्था, बसपार्क, बजार क्षेत्र, सुन पसलमा निगरानी बढाएका छौं । यसका लागि नियमित प्रहरी परिचालनका साथै साईकलमा गस्ती, भ्यानमा गस्ती र सादा पोशाकमा प्रहरी परिचालनको व्यवस्था मिलाएको छ ।
त्यसैगरी, मकवानपुर प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, वडा प्रहरी कार्यालयसहितका सबै इकाईहरुलाई अपराध हुन सक्ने सम्भावित स्थानमा विशेष निगरानी राख्न निर्देशन दिईसकेको छ । त्यस्तै, प्रहरी निरीक्षकको नेतृत्वमा शिघ्र परिचालन टोलिलाई तयारी अवस्थामा राखिएको छ भने कुनै अप्रिय घटना भएमा प्रहरी १० मिनेट भित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ ।
चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने रणनीति के छ ?
पक्कै पनि चाडपर्वमा सर्वसाधारणको भिडभाड हुने स्थान र सर्वसाधारण नभएको स्थानमा आपराधिक घटनाहरु बढी हुने गर्दछन् । अब जिल्लाबाहिर विभिन्न कामको सिलसिलामा रहेका सर्वसाधारण पनि आफ्नो घर गाउँ आउने गर्दछन् । साथीभाई, आफन्त जमघट हुँदा खानपान र विभिन्न खेलका कुराहरु पनि यही समयमा बढि हुने गरेको छ । यी सबै कुरालाई लक्षित गरेर अपराध नियन्त्रणका लागि मकवानपुर प्रहरीले विशेष योजना तयार गरेको छ । पहिलो कुरा त चाडपर्वमा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा सर्वसाधारणलाई हाम्रा प्रहरी इकाईहरुमार्फत सचेत गराउने काम भईरहेको छ । गस्तीलाई अरु समयको भन्दा बढाईएको छ । केही संवेदनशिल मानिएका स्थानमा सिसि क्यामरा साथै प्रहरीको उपस्थितीमा निगरानी बढाइने छ । त्यसैगरी कुकुरसहितको चेकिङ र सादा पोशाकका प्रहरीलाई व्यापक रुपमा परिचालन गरिने छ ।
चाडवाडको समयमा सवारी चाप बढ्दछ, जसकारण सवारी दुर्घटनाको संख्या बढी हुने गरेको छ । यही समयमा मौका छोपी यात्रुहरुबाट बढी भाडा लिने काम हुन्छ ? यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
चाडपर्वको अवधिभर मकवानपुर जिल्लामा पर्ने त्रिभुवन राजपथ, पुर्व–पश्चिम राजमार्ग, काठमाडौ जोड्ने फाखेल सडक खण्ड, सिस्नेरी सडक खण्ड र कान्तिलोकपथ भएर हजारौ सवारी आवतजावत गर्छन् । सवारीहरुले नियम उल्लंघन गरी जथाभावी भाडा लिएर यात्रु चढाएको पाईएका त्यस्ता सवारीलाई तुरुन्तै कारवाही गरी लिएको बढी भाडा यात्रुहरुलाई फिर्ता गरिने छ ।
यात्रुहरु नठगिउन् भनेर केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको सकृयतामा हेटौँडा–१ चौकिटोल र हेटौँडा–१० बसपार्क क्षेत्रमा यात्रु सहायता कक्षको स्थापना गरिसकिएको छ । त्यसैगरी, मादक पदार्थ र लागुपदार्थ सेवन गरी जथाभावी सवारी चलाउनेलाई तुरुन्तै कारवाही गरिने छ । त्यस्तै प्रहरीको समन्वयमा फरक फरक स्थानमा नियमित र आकस्मिक चेकिङ गरिने छ । यदी यात्रुलाई समस्या परेमा र कुनै सवारीले बढी भाडा लिएमा जिल्ला प्रहरी कार्यालयको १०० र ०५७–५२२००१ मा फोन गर्न अनुरोध गर्दछौं ।
राजमार्गमा लुटपाटका घटना हुन नदिन मकवानपुर प्रहरीको राजमार्ग सुरक्षा गस्ती योजना कस्तो छ ?
मकवानपुरमा मूख्य राजमार्ग क्षेत्र चुरियामाईदेखि लोथरसम्म पर्दछ । हामीले यो क्षेत्रलाई विशेष संवेदनशिल मानेर राजमार्गका लागि छुट्टै सुरक्षा रणनीति तयार गरेका छौं । शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व र कर्तव्य भएको हुँदा राजमार्गमा हुन सक्ने लुटपाटको घटना हुन नदिन राजमार्गमा चेक पोईन्ट खडा गरी चेकजाँच गर्ने, बिगतका बर्ष झैं यस बर्ष पनि रात्रीबस तथा सार्वजनिक सवारी साधनमा हतियारसहित प्रहरी परिचालन गरिने छ । भ्यान तथा मोटरसाइकल गस्ती गरिने, राजमार्ग सडक छेउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्व्यमा युनिटहरु बनाई राजमार्ग गस्ती गरिने छ । चाडपर्वमा मकवानपुर प्रवेश गर्ने सवारीलाई कुकुरसहित चेकजाँच गरिने छ ।
दशैं ढुक्क भएर मान्दा हुन्छ त्यसो भए हैन त ?
हो, मकवानपुरमा दशैं ढुक्क भएर मान्दा हुन्छ । नागरिकको सुरक्षाका लागि नेपाल प्रहरी २४ सैं घण्टा तैनाथ छ । त्यसो त नागरिक पनि सादा पोशाकका प्रहरी नै भएकाले आफ्नो टोल, समाजमा कुनै शंकास्पद व्यक्ति देखे वा गतिविधि भए प्रहरीलाई जानकारी गराई शान्ति सुरक्षा कायम गर्न सहयोगका लागि आग्रह गर्न चाहन्छौं । आफु यात्रा गर्दा सार्वजनिक सवारीमा शंकास्पद गतिविधि भए वा असुरक्षा महसुस भएमा प्रहरीलाई जानकारी दिन पनि आग्रह गर्दछौं । दशैं सामाजिक सद्भाव अभिबृद्धि र टाढा रहेका आफन्त र मित्रहरुको मिलन हुने पर्व हो, यसलाई यही भावनाका साथ मनाउन नेपाल प्रहरी सबैलाई अनुरोध गर्दछ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















