१६ असोज, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले बिहिवार सामाजिक व्यवहार सुधार ऐन २०७६ सार्वजनिक गरेको छ । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा ऐन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वा, २ नं. वडा अध्यक्ष बखान सिं पाख्रिन, नेकपा गढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका क्न्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, श्रमिक साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष निर्मला लम्साल, मानकुमारी पाख्रिन र युवराज पौडेल लगायतकाले ऐन प्रभावकारीरुपमा लागु गराउनु सबैको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, कर्मचारी र संचारकर्मीको सहभागिता थियो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐन सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । ऐनमा विभिन्न १९ वटा बुँदाहरु समावेश गरिएको छ । जसमा विवाह कार्यक्रममा सुधार, न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म, ब्रतबन्ध, धार्मिक अनुष्ठान, तथा देउसी भैलो, समान काममा समान ज्याला, मदिरा पदार्थको उत्पादन र विक्री वितरण, ध्रुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण रहेका छन ।
यसैगरी कृषि कार्यमा विषदीको प्रयोग, जुवातास खेल्न खेलाउन नपाइने, बालबालिकालाई विद्यायल उठाउनु पर्ने, ज्येष्ठ नागरिक सम्वन्धि व्यवस्था, घरेलु हिंसा गर्न नहुने, भेदभाव गर्न नहुने लगायतका बुदाहरु ऐनमा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले बताए ।
४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...


















