Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

बेघरबारको दागबत्ती

Daahasanskaar-1572678012.jpg

File Photo

(अर्पण पराजुली)
यहि कार्तिक ११ गते हेटौंडा ४ , नन्दस्थान मार्ग  नजिकको चौरमा अधबैंसे महिलाको शब फेला पर्यो। स्थानीयले प्रहरीलाई खबर गरे।  वडा प्रहरी कार्यलय हेटौंडाका प्रमुख इश्वरी प्रसाद भण्डारी  घटनास्थल पुगे, मुचुल्का उठाउन शुरु भयो  । उपस्थित स्थानीयले यी महिला बिगत ३/४ बर्ष देखी हेटौंडामा थोत्रा फलाम, कागज, कार्टुन  (कवाड) संकलन गर्ने र  कवाड संकलन केन्द्र वा बाटोमा जतासुकै सुत्ने गरेको देखेको बताए। शब हेटौंडा अस्पताल लगियो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिँह पनि अस्पताल आइपुग्नु भयो । शवको पोस्टमार्टम भयो,  बेवारिसे   हो भने  उपमहानगरपालिकासँग समन्वय गरि नियमानुसार अन्त्यस्टी गराउने कुरा चल्दै थियो शबको छेउमा  मैलो कपडा लगाएका, शरीर भरि घाउ नै घाउ भएका र नशाको सुरमा रहेका जस्ता देखिने अधबैंसे पुरुष आफु ती महिलाको श्रीमान हो भन्दै आए ।

उनी सँग सोधपुछ गर्दा  स्थायी घर ललितपुरतिर हो र हेटौंडामा कवाडी टिपेर बसेको ३/४ बर्ष भएको बताए । उनको श्रीमती राती राम्रो सँग नै सुतेको र  अचानक मरेको भन्ने जवाफ आयो ।  मृतकको नाम गायत्री गुरुङ र श्रीमानको नाम कमल हो भन्ने ती पुरुषले  बताए ।  अहिले पनि मृत्यु बारे प्रहरीको अनुसन्धान जारी नै छ । शबको अन्तिम सँस्कार गर्न र काजकिरिया गर्न सुको पनि छैन भन्ने मृतकका श्रीमानको बोली सुने पछि प्रहरी प्रमुख मुकेश सिँह भाबुक बन्न पुगे । जीवनभरी अनेक गरे पनि मरे पछि लास जलाउन दाउरा किन्ने पैसा पनि नहुने कस्तो बिडम्बना, कोहि मर्दा हजारौंको भीड हुने कोहि मर्दा किरा फटयांग्रो मरेको जस्तो हुने।  सनाखत र अन्य प्रक्रियालाई सहज बनाउन   अस्पताल   रहेको वडाका वडाअध्यक्ष सबिन न्यौपाने लाई  खबर भयो । मानवीय भावनाका धनि, सामाजिक सोच भएका युवा वडाअध्यक्ष तुरुन्तै अस्पताल पुगे । आफ्नो तर्फबाट शबको अन्त्यस्टिको लागि सहयोग गर्ने  बाचा गरे ।

त्यसपछि सिँह, न्यौपाने, युवा ब्यबसायी महेन्द्र राउत, बिनोद राउत, बिकेशलाल श्रेष्ठ, धनन्जय जगदीश रीजाल, पत्रकार शुनिल शिवाकोटी  र राजेश थापाको समुहले आर्थिक सँकलन गरेर मृत शरीरको अन्त्येष्टि गरे । (मकवानपुर प्रहरी प्रमुख  सिँह र हेउमनपा १ का वडाध्यक्ष सबिन न्यौपाने सँगको कुराकानीमा आधारित) 

सायद सँगै कवाडी टिप्न हिँड्ने श्रीमती गुमाएपछी कमल यहि सहरमा एक्लै हिँड्दै छन होला।  दागबत्ती दिन चन्दा जुटे पनि काजक्रीया गर्न के गरे होला ? कुन घरको पेटीमा काजक्रीयाको समय गुजार्दै होलान?कि कवाडी टिपेर बेच्दै मन लागेको खाँदै होलान? जे होस घरबार बीहिन उनी र उनिजस्ताको जीवन  बाँच्दासम्म  सहज छैन भने मरे पछि पनि सँस्कार टार्न धेरै गाह्रो छ। यो जोडीले  रहरले यस्तो जिन्दगी बाँचेको होला कि बाध्यताले ? यी जस्तै कवाडीको थुप्रोमा सुख र समृद्धि खोजीरहेका हरु टोल टोलमा प्रशस्त छन। यिनिहरुको ब्यबस्थापनको जिम्मा कस्ले लिनु पर्ला ?

जुन सहरमा घरबारबीहिन मानव, सडक बालबालिका,  कैदी , मगन्ते र अन्य सडक मानवहरु प्रशस्त हुन्छन त्यो सहर सभ्य सहर हुनै सक्दैन। बिश्वमा नै सब भन्दा बढी नारा बेघरबारहरुको कल्याण र उद्दारको नाममा लाग्छ, धेरै  सिद्धान्त तिनै बेघरबारहरुको विश्लेषण गरेर बन्छ र यस्तै मानवहरुको  उद्दार र कल्याणको नाममा कयौ संघ सँस्थाहरु सँचालन हुन्छन।  जहाँ जे जे भए पनि  यस्ता मानवहरु थोरैले राहत महसुस गर्छन र  अधिकाँश बेघरबार मानवहरु पीडा नै पीडाले  जेलिएर अनेक यातना, घृणा, अपहेलना सहेर मर्न बाध्य छन। राज्यको कमजोर सँरचना, उदासिनता, नितिगत पक्षको त्रुटि, यस्ता ब्यक्तिहरुको कल्याणको  लागि भनेर  सँचालित संघसंस्था र ब्यक्तिहरुको व्यावसायिक र स्वेच्छाचारी गतिविधिबारे जानकारी नहुनु वा भएर पनि हस्तक्षेप गर्न नसक्नु, सरकारको आफ्नै उद्दार तथा सँरक्षण गृह नहुँदा यस्ता कार्यमा संलग्न संघसंस्थाले जे भन्यो तेहि मानेर बस्नु पर्ने बाध्यता जस्ता कारण बेघरबार मानवहरु सामजिक मुलधारमा आइपुग्न सकिरहेका छैनन् । 

प्रत्येक जनताको कल्याण गर्नु राज्यको दायित्व हो। बिहान देखि बेलुकी सम्म अझै जन्म देखि मृत्यु सम्म तड्पीएर बस्ने जमात भएको ठाँउको सुकिला मुकिलाहरुको कोटलाई  त्यस्ता पीडितहरुको आत्माले धिक्कारी रहेको हुन्छ। बाटोमा हिंड्दा कोहि कवाडी टिप्दै हिँडेको देख्न नपरोस,नालिको पानी पिउँदै तिर्खा मेटेको देख्न नपरोस्, रुँदै कराउँदै मागीरहेको देख्न नपरोस, अरुले खाएको  टुलुटुलु हेरेर  बसेको हेर्न नपरोस्, शरीर भरी घाउ बनाएर  तड्पिरहेको कोहि नभेटिउन।निश्चित र सुरक्षीत आवास सबैको होस।   सबै मानिसको चाहना यस्तै हुन्छ। तै पनि अनेक कारण मानिस घरपरिवारबीहिन बन्न पुग्छ र अधिकाँशको जिबन यस्तै यस्तै बन्न पुग्छ ।

स्थानीय सरकार यस्तो विषयमा चनाखो हुनु पर्छ।  यस्ता मानव ब्यबस्थापनमा स्थानीय सरकारको उत्तरदायी नीति र गतिविधि हुनु पर्छ। धनीको कार कुद्ने सडक बनाइ रहँदा घरबारबीहिनहरुको नाना, खाना र छानाको लागी  लक्षीत बर्गीय सामुहिक बस्ती बिकासको योजना पनि आउँनु पर्छ। आफ्नो सहरमा कोहि पनि आफन्तको  दागबत्तीको लागि चन्दा उठाइ रहेको छैन भन्ने सुनिश्चित गर्न लोक कल्याणकारी सरकार सफल हुन सक्नु पर्छ।
(लेखक स्थानीय सरकार र घरबारबीहिन मानव सम्बन्धमा पीएचडी अध्ययनरत छन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार