सुनिल शिवाकोटी
३० जेठ , हेटौँडा । २०७९ सालमा स्थानीय तह सदस्या निवार्चनमा विजयी बनेर गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान र उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी नेतृत्वको जनप्रतिनिधीहरुको टिमले कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ वटा महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गरेको छ । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र रहेको कैलाश गाउँपालिकाले आर्थीक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ वटा महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गर्न सफल भएको हो । २०७९ को स्थानीय तहको निर्वाचन पछि आएका जनप्रतिनिधीहरुले १ बर्षमा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गर्न सफल भएको देखिएको छ ।गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानका अनुसार जनप्रतिनिधी निर्वाचित भइ नेतृत्व लिइसकेपछि आर्थिक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ काममा उपलब्धि हासिल गरेको बताए ।
उनका अनुसार बित्तिय कारोबार सबै सूत्र प्रणाली मार्फत गरिएको, सूत्रको ईएफटिपि लागु गरिएको, ई-नागरिक वडापत्रको व्यवस्था गरिएको, कार्यलयमा ई-हाजिरिको व्यवस्था गरिएको बताए । त्यसैगरी जानकारी, सूचना बोर्ड, गुनासो पेटीकाको व्यवस्था गरिएको, कार्यालयमा सरकारले तोकेको पोशाक अनिर्वाय गरेको, कागजपत्र फाइलिङ्मा वैज्ञानिक व्यस्था कायम गरिएको, योजनालाई व्यवस्थित गर्न योजना सञ्चालन पुस्तिका मार्फत योजना संचालन गर्ने गरिएको बताए । अध्यक्ष मोक्तानले हरेक महिनाको पहिलो सोमबार कर्मचारी बैठक बस्ने गरेको, प्रमुख प्रशासकिय अधिकृतबाट शाखा प्रमुखहरुलाई कार्यविवरण सहित अधिकार प्रत्यायोजन गरिएको बताए । त्यसैगरी गाउँपालिकाले आर्थीक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धीको उपलब्धिमा निर्दिष्ट कार्यविधि पाश गरेर मात्र नयाँ कामहरु गर्ने गरिएको, सेवाग्रहीको कामलाई सम्पन्न गर्न सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीलाई आदेश दिइएको, सहायता कक्ष स्तनपान कक्षको व्यवस्था गरिएको, जिन्सीमा पाम्सको व्यवस्था लागु गरिएको छ ।
त्यसैगरी बेरुजु काम गर्न पेश्की रकमलाई कडाइ गरिएको, भौतिक र वित्तीय प्रगतिलाई यथार्थपरक गर्न डकुमेन्टेसन र अनुगमनलाई तिब्र बनाइएको र यस आर्थिक बर्षमा लक्ष्य अनुसारको बेरुजु फर्छयौट गर्न निर्देशन सहित पत्रचार गरिएको जनाइएको छ ।
अध्यक्ष मोक्तानले राष्ट्रसेवक कर्मचारीबाट छिटो छरितो काम सम्पन्न गर्न स्थानीय भत्ताको व्यस्था गरिएको र ठेक्का प्रकृयाबाट निर्माण गर्नुपर्ने सबै कामहरुको मंसिरभित्र सम्झौता गरिसकिएको बताए ।
अध्यक्ष मोक्तानले कैलाशमा हुने कामलाई चुस्त दुरुस्त राख्न थप योजनाको तयारीमा रहेको समेत बताए । गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शीता कायम गर्न आफुले कर्मचारीलाई निर्देशन दिएको र निर्देशन अनुसार सेवाग्राहीको काममा ढिलासुस्ती भए कानुन अनुसारको कार्वाही गरिने बताए । अध्यक्ष मोक्तानले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको दावी गरेको छन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले कैलाशमै १० सैयाको अस्पताल निर्माण भइरहेको, ४ करोडको कालिकाटार नामटार बहुबर्षीय सडक योजना, थाहानगर हुँदै गोगने, डाडाँखर्क हुदै धादिङ जोड्ने ४० करोडको सडक निर्माण कार्यले गति लिएको र शैक्षिक पाठ्यक्रम निर्माण गरिको बताए । उनले प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम चालु ७० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उपाध्यक्ष ठकुरीले कार्यालय व्यवस्थापन तथा सुशासनको क्षेत्रमा केही चुनौति रहेकोले त्यसलाई व्यवस्थापन गरिदै लगिने बताए ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











