७ असार, हेटौंडा । कैलाश गाउँपालिकाले आगामी २०८०।८१ को आर्थिक वर्षमा 'क्लिन स्कुल ग्रिन स्कुल' देखी एम बि बि एस डाक्टर सहितको कैलाश अस्पताल संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बिहीबार गाँउपीलिका केन्द्र कालिकाटारमा बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।
मोक्तानका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।गाउँपालिकाले गिठ्ठा भ्याकुर जस्ता कन्दमुलरुको उचित संरक्षण गरी यसको विकाश र बजारीकरणमा जोड दिइने निती तथा कार्यक्रममा उल्लेख गरिएको बताए ।
त्यसैगरी शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्लिन स्कुल ग्रिन स्कुल कार्यक्रमको लागी वृक्षारोपण गरी विद्यालय शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई विकास गरिने र स्वास्थ्य क्षेत्रमा एम बि बि एस डाक्टर सहित भिडियो एक्स-रे सहित कैलाश अस्पताल यसै वर्षबाट संचालनमा ल्याइने जनाइएको छ ।
त्यसैगरी स्वच्छ र सफ़ा पिउने पानी : स्वास्थ्य जिन्दगीनी भन्ने नारालाई सफल गराउन गाउपालिकाको सबै बस्ती र समुदायमा एक घर एक धारा नीति अनुरूप सफ़ा र स्वच्छ पीउनेपानीको व्यवस्था गरिने जनाइएको छ ।
पालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सम्पदा, मठ मन्दिर,गुम्बा र पर्यटकीय सम्पदाको पुनः निर्माण र संरक्षण गरिने उल्लेख गरिएको छ । खेलकूद तथा मनोरंजनाका लागि गाउपालिका स्थरिय अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















