७ असार, हेटौंडा । कैलाश गाउँपालिकाले आगामी २०८०।८१ को आर्थिक वर्षमा 'क्लिन स्कुल ग्रिन स्कुल' देखी एम बि बि एस डाक्टर सहितको कैलाश अस्पताल संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बिहीबार गाँउपीलिका केन्द्र कालिकाटारमा बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।
मोक्तानका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।गाउँपालिकाले गिठ्ठा भ्याकुर जस्ता कन्दमुलरुको उचित संरक्षण गरी यसको विकाश र बजारीकरणमा जोड दिइने निती तथा कार्यक्रममा उल्लेख गरिएको बताए ।
त्यसैगरी शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्लिन स्कुल ग्रिन स्कुल कार्यक्रमको लागी वृक्षारोपण गरी विद्यालय शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई विकास गरिने र स्वास्थ्य क्षेत्रमा एम बि बि एस डाक्टर सहित भिडियो एक्स-रे सहित कैलाश अस्पताल यसै वर्षबाट संचालनमा ल्याइने जनाइएको छ ।
त्यसैगरी स्वच्छ र सफ़ा पिउने पानी : स्वास्थ्य जिन्दगीनी भन्ने नारालाई सफल गराउन गाउपालिकाको सबै बस्ती र समुदायमा एक घर एक धारा नीति अनुरूप सफ़ा र स्वच्छ पीउनेपानीको व्यवस्था गरिने जनाइएको छ ।
पालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सम्पदा, मठ मन्दिर,गुम्बा र पर्यटकीय सम्पदाको पुनः निर्माण र संरक्षण गरिने उल्लेख गरिएको छ । खेलकूद तथा मनोरंजनाका लागि गाउपालिका स्थरिय अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











