Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत

20230728_151747-1690541292.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ ।
गाउँपालिकाले  शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र पूँजिगत खर्च ७१.६१ प्रतिशत गरी ७८.६६ प्रतिशत रहेको छ ।
कार्यक्रममा योजना तथा प्राविधिक शाखाका अधिकृत सुरेश न्यौपाने र सहायक पुष्पराज नेगीले गाउँपालिकामा १८५ योजनामध्ये ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । राजस्व शाखाका विक्रमबहादुर थिङले प्रस्तुति गर्दै १ करोड १४ लाख ८२ हजार ८ सय १५ रूपैया आन्तरिक आम्दानी भएको जानकारी दिए । यो गत आव भन्दा २०.७९ प्रतिशत कम हो । आव २०७८/७९ मा १ करोड ४४ लाख ९६ हजार ३ सय ३५ रूपैयाँ आन्तरिक आम्दानी भएको थियो ।
कार्यक्रममा न्यायिक सहजकर्ता अस्मिता थापाले प्रस्तुति दिंदै आव २०७९/०८० मा ५ वटा मुद्धा निरूपण गरेको जानकारी दिइन् । महिला बालबालिका शाखाका हस्तराम नेगीले प्रस्तुति गर्दै ७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनले शाखाले वडागत रूपमा शिविर गरेको र १५२ जनाले शिविरबाट अपांगता परिचय पत्र वितरण गरिएको बताए ।
कृषि तथा पशु विकास शाखा राहुल सेन्चुरीले १४० जनालाई अनुदानमा स्प्रे पम्प वितरण, ५ वटा कृषि समूहलाई टनेल वितरण, माटो परिक्षण, धानको बीउ वितर, बाख्रा पालन, आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम, औषधी खरिद लगायतका काम गरेको जानकारी दिए । उद्यम विकास शाखाकी प्रमिला अर्याल सुशासनको अभ्यास, नयाँ उद्यमी सिर्जना, समूहमा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम भएको जानकारी दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अर्पण लामा घिसिङ, जिन्सी तथा सूचना प्रविधि शाखाका प्रकाश राई,  शिक्षा, युवा तथा खेलकुद शाखाबाट सूर्यबहादुर थिङ, बहुक्षेत्रीय पोषण कार्यक्रमकी सरूना प्रजा, स्वास्थ्य शाखाका जगन्नाथप्रसाद साह, पञ्जिकरण शाखाका राजकुमार चेपाङ, प्रशासन शाखाकी ज्वाला स्याङ्तानले आफ्नो शाखाको प्रगति प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार