१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ ।
गाउँपालिकाले शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र पूँजिगत खर्च ७१.६१ प्रतिशत गरी ७८.६६ प्रतिशत रहेको छ ।
कार्यक्रममा योजना तथा प्राविधिक शाखाका अधिकृत सुरेश न्यौपाने र सहायक पुष्पराज नेगीले गाउँपालिकामा १८५ योजनामध्ये ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । राजस्व शाखाका विक्रमबहादुर थिङले प्रस्तुति गर्दै १ करोड १४ लाख ८२ हजार ८ सय १५ रूपैया आन्तरिक आम्दानी भएको जानकारी दिए । यो गत आव भन्दा २०.७९ प्रतिशत कम हो । आव २०७८/७९ मा १ करोड ४४ लाख ९६ हजार ३ सय ३५ रूपैयाँ आन्तरिक आम्दानी भएको थियो ।
कार्यक्रममा न्यायिक सहजकर्ता अस्मिता थापाले प्रस्तुति दिंदै आव २०७९/०८० मा ५ वटा मुद्धा निरूपण गरेको जानकारी दिइन् । महिला बालबालिका शाखाका हस्तराम नेगीले प्रस्तुति गर्दै ७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनले शाखाले वडागत रूपमा शिविर गरेको र १५२ जनाले शिविरबाट अपांगता परिचय पत्र वितरण गरिएको बताए ।
कृषि तथा पशु विकास शाखा राहुल सेन्चुरीले १४० जनालाई अनुदानमा स्प्रे पम्प वितरण, ५ वटा कृषि समूहलाई टनेल वितरण, माटो परिक्षण, धानको बीउ वितर, बाख्रा पालन, आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम, औषधी खरिद लगायतका काम गरेको जानकारी दिए । उद्यम विकास शाखाकी प्रमिला अर्याल सुशासनको अभ्यास, नयाँ उद्यमी सिर्जना, समूहमा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम भएको जानकारी दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अर्पण लामा घिसिङ, जिन्सी तथा सूचना प्रविधि शाखाका प्रकाश राई, शिक्षा, युवा तथा खेलकुद शाखाबाट सूर्यबहादुर थिङ, बहुक्षेत्रीय पोषण कार्यक्रमकी सरूना प्रजा, स्वास्थ्य शाखाका जगन्नाथप्रसाद साह, पञ्जिकरण शाखाका राजकुमार चेपाङ, प्रशासन शाखाकी ज्वाला स्याङ्तानले आफ्नो शाखाको प्रगति प्रस्तुत गरेका थिए ।
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...









-nepal-1792458398.jpg)








