Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

मकवानपुरको कैलाश–७ मा भिडियो एक्सरे सहितको वर्थिङ सेन्टर  

385507099_101921534261159-1697085280.jpg

२५ असोज,हेटौँडा । भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुचबाट बञ्चित मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । बुधबारबाट गाउँपालिकाको  वडा नम्बर ७ मा रहेको ङिको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसंगै भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुचबाट बञ्चित कैलाशमा भिडियो  एक्सरे सहित  गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर  कार्यको सुरुवात  भएको हो ।   

बुधबार एक समारोहका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको हो । विकट रहेको कैलाश गाउँपालिका त्यसमा पनि चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परिक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताएका छन् । नयाँ वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गरिएको डाक्टर विदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परिक्षण गरेको वडाध्यक्ष भ्लोनले जनाएका छन् ।  
गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर यो कार्यक्रम गरेका गरिएको गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताएका छन् । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित आफ्नो गर्भावस्था जाँच सेवा प्रदान गर्ने र  हेटौंडा अस्पतालका डाक्टर  विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताएका छन् । त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गरिने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए ।  कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार