Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था

IMG-20240220-WA0016-1708412732.jpg

एसईई तयारी गरिरहेका विद्यार्थी विद्यालयमा खाना खाँदै

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको छ । कैलाश गाउँपालिका-१० मर्याङकोटस्थित रत्न ज्योति माविले एसईईको तयारी गरिरहेका विद्यार्थीहरुलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको हो । 
विद्यालयबाट २ घण्टासम्मको दुरीबाट विद्यार्थीहरु एसईई तयारी एवं नियमित कक्षा अध्ययनका लागि आउनु पर्ने भएकाले विद्यालयले विहानको खानाको व्यवस्था गरेको सहायक प्रधानाध्यापक निर्जन दुलालले जानकारी दिए । ‘विहान सबेरैबाट कोचिङ शुरु हुने र दिउँसो नियमित कक्षा पनि हुने भएकाले २ घण्टा दुरीसम्मका विद्यार्थीले घरमा खाना खान नभ्याउने भएकाले विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विहानी खानाको व्यवस्था गरेको छ ।’–उनले भने । विद्यालयले कक्षा १० मा अध्ययनरत २४ जना विद्यार्थीलाई विहान खानाको व्यवस्था गरेको छ भने दैनिक आउजाउ गर्न नभ्याउने ६ जना विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । 
माघ २१ गतेबाट विद्यालयले उनीहरुलाई खानाको सुविधा दिईरहेको र दैनिक करिब ३ हजार रुपैंया खर्च भईरहेको सहायक प्रधानाध्यापक दुलालको भनाई छ । विद्यालयसंग पर्याप्त स्रोत नहुँदा पनि जसोतसो विद्यार्थीहरुको एसईई तयारीमा असर नपरोस् भनेर यस्तो व्यवस्था गरेको विद्यालयले जनाएको छ । यसबर्षको एसईई कक्षा चैत १५ गतेबाट शुरु हुने भएकाले यो अवधीसम्म विद्यार्थीहरुलाई यस्तो सुविधा उपलव्ध गराउने विद्यालयको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार