Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको चालु बजेट संशोधन, बजेट २९ करोड ६७ लाख पुग्यो

Screenshot_20250128_19250-1738071628.jpg

१५ माघ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२  को लागि २ करोड ३० लाख रुपैयाँ  थप आयव्यय अनुमान सहित चालू  बजेट संशोधन गरेको छ । मंगलबार सम्पन्न १५  औ गाउँसभाले  २ करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरेको हो। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा  सम्पन्न गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्षको लागि २७ करोड ३७ लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा  मंगलबारको  १५ औँ गाउँसभाले बजेट संशोधन गरेको हो।
संशोधन सहित गाउँपालिकाले बजेट २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो । गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको हो । गाउँसभाबाट चालुतर्फको ८ वटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको छ ।

त्यसैगरी पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएको छ । गाउँसभाबाट चालुतर्फ २५ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ ।
गाउँसभाबाट खानेपानी सरसफाई ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ । ३ वटा ऐन संशोधन गरिएकोमा २७ वटा कार्यविधि संशोधन गरिएको छ । त्यसैगरी गाउँसभाले शिक्षक, स्वास्थ्यकर्मी, कृषक, विद्यार्थी, विद्यालय, कर्मचारी सहित नयाँ पत्रिका मकवानपुर संवाददाता पोष्टराज अधिकारीलाई नगद सहित सम्मान गरेको छ। साथा चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत ९ जना चेलिलाई नगद २० हजार सहित सम्मान गरेको थियो ।

गाउँपालिकाले १५ औ हिउँदे अधिवेशन मार्फत सम्मानित गरेको व्यक्तिहरु 

Screenshot_20250128_22580-1738084494.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार