Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा मनाइयो मगर दिवस

Screenshot_20250227_20111-1740666465.jpg

१५ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालामा मगर दिवस मनाइएको छ। नेपाल मगर सङ्घकाे ४३औं  स्थापना दिवसकाे अवसरमा सांस्कृतिक कार्यक्रम सहित कैलाशमा मगर स्थापना दिवस मनाइएको हो।  नेपाल मगर संघ कैलाश गाउँ कार्य समिति तथा नेपाल मगर मजुवा गुठीकाे  व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयाेजना गरेर मगर दिवस मनाइएको हो। 
 मगर संघ कैलाश गाउँ समितिका अध्यक्ष  तुलराज दर्लामी मगरकाे सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानकाे प्रमुख आतिथ्यतामा कार्यक्रम मनाइएको हो। उक्त अवसरमा गाउँपालिकाले  वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएकाे अध्यक्ष मोक्तानले बताएका छन् । 

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जाेगाउनु स्थानीय सरकारकाे दायित्व रहेकाे बताएका छन्। पञ्चेबाजा तालिममा युवा पुस्ताकाे सहभागीताले पुस्ता हस्तान्तरणकाे अभ्यास रहेकाे प्रति सङ्घलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेकाे अध्यक्ष मुक्तानले बताए  ।  कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगरबाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई राेक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए ।  
कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले  आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन  मनपर्छ । मगरकाे उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको छ । मिश्रित रुपमा बसाेबास हुँदै  अहिले सबै सङ्ग मिलेर बसाेबास गरिरहेकाे अवस्था रहेकाे वडाध्यक्ष घिसिङले बताए । मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति हाे भने हामीले मान्ने भनेकाे फागुन १५ काे दिवसलाइ भव्य मनाउने गरेकाे सङ्घका अध्यक्ष तुलराज दर्लामीले बताए ।  भाषा र लिपी ओझेलमा परेकाे अवस्था रहेछ, भाषा संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताए । हामी हिन्दु भन्दा पनि बाैद्घ धर्मावलम्बी रहेकाे ईतिहास समेत रहेकाे उनले बताए।कार्यक्रममा कैलाश वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास सिमितका संयाेजक  राजेन्द्र घिसिङ, मगर सङ्घ जिल्ला सदस्य  खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली काङ्ग्रेसका वडा ६ सभापति कृष्णबहादुर माेक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतकाे आतिथ्यता रहेकाे थियो । 
कार्यक्रममा ओम नमाे बुद्ध मगर नाैमति बाजा समूहकाे प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । साेहि अवसरमा गाउँपालिकाकाे आर्थिक सहयोगमा ॐ नवाेबुद्ध नाैमति बाजा समूहलाई हार्माेनियम १ थान, किवाेर्ड १ थान, टाेपी २० थान, गितार १ थान, टेम्पाे १ थान, ढाेलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानाे मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नाैमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतकाे सामाग्री प्रदान गरिएको थियाे । गाउँपालिकाकाे आयाेजनामा  मगर समुदायका युवा पुस्तालाई समेट्दै १ महिने पञ्चेबाजा तालिम  प्रदान गरिएको थियाे । तालिममा सहभागीहरुलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार