Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको खानेपानी, सरसफाइ र स्वच्छताको अर्धबार्षिक समीक्षा

Screenshot_20250816_06334-1755305489.jpg

३१ साउन, हेटौंडा । कैलाश गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धवार्षिक समीक्षाका साथै दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका आधारस्तम्भहरुको विश्लेषण कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो । 
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन)का जिल्ला संयोजक लीलबहादुर कार्कीले कैलाश गाउँपालिकामा भइगरेका क्रियाकलापबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका नौ वटा आधारस्तम्भहरुबारे कार्यपत्र प्रस्तुत गरी आवश्यक छलफल गरिएको थियो ।  
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले भौगोलिक विकटताको चुनौतिका साथ खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरिएको प्रति धन्यवाद व्यक्त गर्दै समूदायमा आधारित रहेर विभिन्न योजना सञ्चालन गर्दै आइरहेको बताए ।  चेतना अभिवृद्धि सहित योजना तथा कार्यक्रम सञ्चालनले एक घर एक धाराका साथै शौचालय निर्माणले धेरै नागरिकलाई सहजता पुगेको छ । गाउँपालिकाले १३ भन्दा बढी संस्थासँगको साझेदारीमा स्वास्थ्य, शिक्षा, खानेपानी, महिला तथा बालबालिकाको क्षेत्रमा गर्ने सम्झौता भएको उनले बताए ।
कैलाशका नागरिकलाई चेतना अभिवृृद्धि गर्नु चुनौति छ, त्यसलाई चिर्दै घरघर समूदायमा पुगेर सुरक्षित खानेपानी र शौचालय प्रयोग र निर्माणले उनीहरुमा चेतना भएको छ, उनले भने । पालिकाले वास प्लान परियोजनालाई साथ सहयोग गर्ने छ, गुरुयोजना बनाएर अघि बढ्ने छ, खानेपानी ऐन नै निर्माण भएकाले पालिकाभर कार्यान्वयन भइरहेको छ । पालिकाले शौचालय परिचयपत्र जारी भइसकेको अवस्थामा केही वडामा परिचय पत्र वितरण गर्न बाकीँ रहेको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमारख मल्लले गाउँपालिकाले लक्ष्य अनुसार  एक घर एक धारा  सबै स्थानमा  पुर्याउन सकिरहेका छैनौं, यहाँ सँगको साझेदारीमा क्रमिक रुपमा विस्तारै गर्दै गइरहेको बताए । खानेपानी र सरसफाईका क्षेत्रमा पालिकाले सहकार्य र समन्वय गरि अघि बढ्ने बताए । उनले हामी अभिभावकको भूमिका खेल्दै आगामी दिनमा समूदायमा खानेपानी, सरसफाई र शौचालय निर्माणको कार्यमा सहकार्य रहने बताए । 
खानेपानीको प्रमुख सूचक नै सरसफाई हो, त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको जिल्ला संयोजक कार्कीले बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै कैलाशमा १०७ वटा समूह र दुई हजार तीन सय घरधुरीमा २३ वटा सूचकमा क्रियाकलाप सञ्चालन गरिएको बताए । जसमा भाडाँ सुकाउने मचान ७७.१५ प्रतिशत, हातधुने ठाउँ ७५.८४ प्रतिशत, पानी फिल्टर प्रयोग २६.९६ प्रतिशत, शौचालय सफा भएको ७८.८७ प्रतिशत, गोठ व्यवस्थापन ७९.१६ प्रतिशत, खेर जाने पानीको सुरक्षित ७७.४६ प्रतिशत, कुहिने र नकुहिने फोहोर व्यवस्थापन ७६.९३ प्रतिशत, घरआँगन सफा रहेको ८१.२१ प्रतिशत तथ्याङ्कमा रहेको छ ।
परियोजना अन्तरगत कैलाशमा खानेपानी योजनाको निर्माण र पुर्नस्थापना, खानेपानी गुणस्तर परिक्षण, स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाई सुविधा सहयोग, पानी रिचार्ज मुहान संरक्षण, प्राविधिकहरुलाई तालिम, विद्यालयमा खानेपानी आपूर्ति योजनाहरुको निर्माणकार्यहरु गरेका छौं, कार्कीले भने । हामीले गरेका क्रियाकलाप पश्चात विभिन्न उपलब्धी मध्ये, गाउँपालिकाले शौचालय परिचय पत्र जारी र वितरण, गुरु योजना बनाई निर्माण, अनुमोदन र कार्यान्वयन, आनेपानी तथा सरसफाई ऐन २०८१, जारी भएको, वास प्लान निर्माणले गर्दा यस क्षेत्रमा कामगर्न सहयोगी संस्थाको आगमन, ६८२ घरधुरीमा मिटर सहितको एक घर एक धारा निर्माणले गर्दा सुरक्षित खानेपानीको सेवामा पहुँच भएको, १६४ घरधुरीले स्वलगानीमा शौभालय निर्माण गरि प्रयोग भइरहेको हाम्रो उपलब्धी हो, संयोजक कार्कीले भने । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भूवनसिं घलान, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, डब्लुएचएचका प्रोजेक्ट कोडिनेटर ऋतु राजभण्डारी, कार्यपालिका सदस्यहरु गाेरीमाया भुलुन  र सुन्तली सुनुवार, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा आरआरएनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार