१७ भदौ,हेटौँडा। मुख्यमन्त्रीको सपथ लिएकै दिन आफूले पाउने तलब भत्ताले आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बनाउन २ लाख सहयोग गरेका छन् ।
कैलाशको विकट वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखी जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए ।
सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका लालकुमारकाे खरको घर विस्थापित गरि मुख्यमन्त्री बानियाँको घर बनाउन २ लाखको चेक प्रदान गरेका हुन्।२०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमती सँगै बस्दै आइरहेका छन् । लालकुमारको २ कट्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् ।
उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहेकी छिन् । खेतीसँगै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम प्रदान गरेका छन् । पालिका भित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् जस मध्ये लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्।
सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं, अध्यक्ष मुक्तानले भने । सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलाे किस्ता स्वरुप दुई लाख सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नागरिक गासवास र कपासबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारकाे घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए ।
पत्र पेश कार्यक्रममा कैलाश १ का वडाध्यक्ष तेज ब्लाेन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदास कुमार भुलन, ८ का अध्यक्ष आशिष् प्रजा, ९ का अध्यक्ष भुवन सिं घलान, कैलाश गाउँपालिकाका नेपाली काङ्ग्रेस वडातहका सभापतिहरुकाे उपस्थिति रहेकाे थियो ।
यस अघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन् ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













