Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा बैंकिङ घुम्ती मार्फत ५०० बढीलाई भत्ता वितरण

IMG_20250128_153942-1762564736.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो । जेष्ठ नागरिकहरुलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यातायातको समस्याका साथै अपाङ्गता र बयोबृद्ध आमाबुबाको हिडडुलमा समस्या रहने भएकाले वडा वडामा घुम्ती कार्यक्रम राख्ने गरेको उनले बताए । बैंक सम्म पुग्दा खर्चिलो बढी हुन्छ, र भौगोलिक दृष्टिले माथिल्लो क्षेत्रका लाभग्राहीलाई सहज पुग्न बैंकसँगको सहकार्यमा वडाबाटै भत्ता वितरण गरेका हौं, अध्यक्ष मुक्तानले भने । 
घुम्ती कार्यक्रम भएको ६ वटा वडामा ५ सय ३४ जनाले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख अशोक स्याङ्तानले बताए । उनका अनुसार वडा १ मा  एक सय ५ जना, वडा २ मा एक सय १८ जना, वडा ५ मा एक सय ५६ जना, वडा ६ मा एक सय ८ जनालाई सेवा प्रदान गरिएको बाए । 
त्यस्तै, वडा ९ मा ३४ जना र वडा १० मा १३ जनाले सेवा लिएका छन्, । लाभग्राहीको संख्या बढी भएपनि घुम्ती कार्यक्रममा केही लाभग्राही उपस्थित नभएको शाखा प्रमुख स्याङ्तानले बताए । केही लाभग्राहीले पालिकाकै बैंकबाट त केहीले हेटौंडाबाट पनि सेवा लिने गरेको उनले बताए । 
गाउँपालिकाबाट प्रथम त्रैमासिकमा दुई हजार ८ जनाको सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो । घुम्ती कार्यक्रममा पाँच सय ३४ जना, बैंकबाट एक हजार ३९ जनाले सेवा लिइसकेको स्याङ्तानले बताए । भक्ता लिन बाकीँ भने चार सय ३४ जना रहेको उनले बताएका छन्।घुम्ती कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङ, शाखाका कर्मचारी, बैंकका कर्मचारी, वडा सचिव र वडा जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार