Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कैलाश गाउँपालिका

कैलाशमा आधारभूत तहको एकीकृत पाठ्यक्रम कस्टमाइज्ड तालिम

588712634_884560104247289-1764083029.jpg

९ मंसिर, हेटौँडा   । मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई दिइएको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम समापन भएको छ । पाँच दिन सम्म सञ्चालन भएको तालिम शुक्रबारबाट सुरु भएको थियो ।
कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुर्याउन निर्देशन दिएका छन् । शिक्षकहरुमा पनि समय समयमा ज्ञान सीप प्रदान गरे शिक्षामा सुधार हुने उनले बताए । सिकिएको सीप र ज्ञान कार्यान्वयन गर्नुस, अनि मात्र विद्यार्थी र शिक्षकहरुको पनि व्यवहारमा सुधार रहने छ, उनले भने । तालिम भनेको उर्जा हो, तालिम पश्चात यहाँहरु उर्जावान भएर विद्यालय फर्कन अनुरोध गरेका छन् ।
कानून र अधिकार बाझीँएकाले शिक्षा नीति र ऐनमा केही समस्याहरु छन् त्यसलाई विस्तारै समाधान गर्दै जानुपर्ने अध्यक्ष मुक्तानले बताए । यहाँको विद्यालय, विद्यार्थी र समूदाय जस्तो छ सोही अनुरुप आफुले शिक्षण पेशालाई अघि बढाउनुपर्ने देखिन्छ ।
कार्यक्रममा वडा अध्यक्ष भूवन सिं घलानले सिकेको सीपलाई जति सक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् । अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन्, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गरिनुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिम पश्चात विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताए । तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए । तालिम पश्चात शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।
तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले बताए । तालिममा सविता अधिकारी, विवसजङ्ग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गरेका थिए ।
तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

588712634_884560104247289-1764083031.jpg
588712634_884560104247289-1764083033.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg