९ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई दिइएको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम समापन भएको छ । पाँच दिन सम्म सञ्चालन भएको तालिम शुक्रबारबाट सुरु भएको थियो ।
कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुर्याउन निर्देशन दिएका छन् । शिक्षकहरुमा पनि समय समयमा ज्ञान सीप प्रदान गरे शिक्षामा सुधार हुने उनले बताए । सिकिएको सीप र ज्ञान कार्यान्वयन गर्नुस, अनि मात्र विद्यार्थी र शिक्षकहरुको पनि व्यवहारमा सुधार रहने छ, उनले भने । तालिम भनेको उर्जा हो, तालिम पश्चात यहाँहरु उर्जावान भएर विद्यालय फर्कन अनुरोध गरेका छन् ।
कानून र अधिकार बाझीँएकाले शिक्षा नीति र ऐनमा केही समस्याहरु छन् त्यसलाई विस्तारै समाधान गर्दै जानुपर्ने अध्यक्ष मुक्तानले बताए । यहाँको विद्यालय, विद्यार्थी र समूदाय जस्तो छ सोही अनुरुप आफुले शिक्षण पेशालाई अघि बढाउनुपर्ने देखिन्छ ।
कार्यक्रममा वडा अध्यक्ष भूवन सिं घलानले सिकेको सीपलाई जति सक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् । अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन्, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गरिनुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिम पश्चात विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताए । तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए । तालिम पश्चात शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।
तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले बताए । तालिममा सविता अधिकारी, विवसजङ्ग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गरेका थिए ।
तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...








-nepal-1792458398.jpg)









