Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा  खानेपानीको धारा जडानका लागि त्रिपक्षीय सम्झौता

588429130_127949657393532-1764168138.jpg

१० मंसिर हेटौँडा ।  मकवानपुरको कैलाश गाउँपालिकामा २८२ घरमा खानेपानीको धारा जडानका लागि त्रि पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  
साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भे पश्चात पाँचवटा योजना छनौट गरेको थियो । सोही अनुरुप बुधबार त्रि(पक्षीय सम्झौता गरिएको हो । उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।  

गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४  घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समिति अन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी सहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित रहनेछन् । उक्त योजनाका लागि त्रि(पक्षीयको तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ । जसमा गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपैयाँ बजेट खर्च गर्नेछ ।  

सम्झौता पश्चात अध्यक्ष मुक्तानले सम्झौता अनुरुप समिति र उपभोक्ताले दीगो हुने गरि काम गर्न आग्रह गरेका छन् । एक घर एक धारा अनुरुप वास परियोजना अन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थाहरुसँगको सहकार्यका काम गर्दै आइरहेको उनले बताए । 


कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखी काम गर्दै आइरहेको बताए । समृद्ध परियोजना  अन्तरगत पाँच पालिका मध्ये कैलाशमा पनि हामीले योजना बनाई काम गर्न लागिएको उनले बताए । सुरक्षित खानेपानीले स्वास्थ्य र सरसफाइका साथै आयआर्जनमा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठ बताए ।  २० वर्ष सम्म सुरक्षित खानेपानी  खुवाउने  लक्ष्यका साथ योजना निर्माण गरिने जनाए । पानी र सरसफाईको बोध लिएर उपभोक्तानै जागरुक हुनुपर्ने बताउँदै  निर्माण पछि योजनाहरुलाई संरक्षण गर्नु यहाँहरुकै दायित्व रहेको बताए । 

योजना अन्तरगत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आर।भि।टी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताए । उनका अनुसार  थिङडाँडा क्षेत्रमा एक वटा इन्टेक, डीसी एक वटा र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोल क्षेत्रमा एक वटा इन्टेक, १ वटा डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । त्यस्तै, घैराङ क्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटार क्षेत्रमा एक इन्टेक,२ डिसी र तीन वटा आरभिटी निर्माण गरिने पाण्डेयले बताए । यी योजना मध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।
क्जचभभ च्बm


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार