१० मंसिर हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा २८२ घरमा खानेपानीको धारा जडानका लागि त्रि पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भे पश्चात पाँचवटा योजना छनौट गरेको थियो । सोही अनुरुप बुधबार त्रि(पक्षीय सम्झौता गरिएको हो । उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।
गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समिति अन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी सहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित रहनेछन् । उक्त योजनाका लागि त्रि(पक्षीयको तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ । जसमा गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपैयाँ बजेट खर्च गर्नेछ ।
सम्झौता पश्चात अध्यक्ष मुक्तानले सम्झौता अनुरुप समिति र उपभोक्ताले दीगो हुने गरि काम गर्न आग्रह गरेका छन् । एक घर एक धारा अनुरुप वास परियोजना अन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थाहरुसँगको सहकार्यका काम गर्दै आइरहेको उनले बताए ।
कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखी काम गर्दै आइरहेको बताए । समृद्ध परियोजना अन्तरगत पाँच पालिका मध्ये कैलाशमा पनि हामीले योजना बनाई काम गर्न लागिएको उनले बताए । सुरक्षित खानेपानीले स्वास्थ्य र सरसफाइका साथै आयआर्जनमा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठ बताए । २० वर्ष सम्म सुरक्षित खानेपानी खुवाउने लक्ष्यका साथ योजना निर्माण गरिने जनाए । पानी र सरसफाईको बोध लिएर उपभोक्तानै जागरुक हुनुपर्ने बताउँदै निर्माण पछि योजनाहरुलाई संरक्षण गर्नु यहाँहरुकै दायित्व रहेको बताए ।
योजना अन्तरगत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आर।भि।टी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताए । उनका अनुसार थिङडाँडा क्षेत्रमा एक वटा इन्टेक, डीसी एक वटा र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोल क्षेत्रमा एक वटा इन्टेक, १ वटा डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । त्यस्तै, घैराङ क्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटार क्षेत्रमा एक इन्टेक,२ डिसी र तीन वटा आरभिटी निर्माण गरिने पाण्डेयले बताए । यी योजना मध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।
क्जचभभ च्बm
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















